News

सरकारद्वारा १० खर्ब ४८ अर्ब ९२ करोड १३ को बजेट घोषणा

सरकारद्वारा १० खर्ब ४८ अर्ब ९२ करोड १३ को बजेट घोषणा
Bishnu Poudel काठमाडौं १५ जेठ, सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार तीन बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट स्वीकृत गरेको थियो । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बाँकी हुँदा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

Budget 2073

विशेष