News

बजेट २०७३ कसलाई राहत

बजेट २०७३ कसलाई राहत
[caption id="attachment_2947" align="alignleft" width="1000"]तस्विरः– कान्तिपूर तस्विरः– कान्तिपूर[/caption] काठमाडौं जेष्ठ १६ । २०५१ सालमा आफ्नै सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाऔं प्रभावकारी बनेपछि यसपटक पनि एमाले नेतृत्वको सरकारले त्यस्तै नारामुखी कार्यक्रमलाई अघि सारेको छ । संघीय संरचनाको परिवर्तित सन्दर्भमा बजेटलाई प्रदेशमुखि समेत बनाइएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ संविधानको कार्यान्वयन, आर्थिक समृद्धि र पुननिर्माणमा केन्द्रित भएको बताए । बजेट आफ्नो गाउँ आफै बनाउँ जस्तै थप २५ वटा नारामुखी कार्यक्रम ल्याइएका छन् । ती मध्ये कतिपय पुरानैलाई निरन्तरता दिइएको छ भने धेरै नयाँ छन् । घरघरमा विजुली जनजनमा सेयर, एक शहर एक पहिचान, एक प्रदेश एक मेडिकल कलेज, एक प्रदेश एक औद्योगिक क्षेत्र, एक गाउँ एक डाक्टर, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, समृद्ध तराई–मधेश सिंचाई कार्यक्रम, आफ्नो नगर आफै सजाऔं, हरेक घर उर्जा घर, राष्ट्रपति महिला उत्थान कार्यक्रम, दश युवा एक युवा उद्यमलगायत नयाँ कार्यक्रम बजेटमा छन् । आफ्नो गाउँ आफै बनाऔं, गरिबसँग विश्वेश्वर, जनता आवास कार्यक्रम, जनताको तटबन्धजस्ता पुराना कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको छ । संसदमा २ घण्टा २० मिनेट लामो भाषणमा अर्थमन्त्री पौडेलले संविधानको कार्यान्वयनका लागि दलहरु पुन एकतावद्ध हुनेपर्ने बताउदै आगामी वर्षको बजेट श्रृंखला सुरु गरेका थिए । दलहरु एकतावद्ध हुदा जनता विजयी भएका छन् र विभाजित हुदा राज्य जटिलतम मोडमा पुगेको अनुभव हामीसँग छ । उनले भने । आफ्नो नीति तथा कार्यक्रमको पहिलो र दोस्रो उद्धेश्य नै संविधान कार्यान्वयन र भूकम्प एवं आपूर्ति प्रणालीको अवरोधबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान हुने उनले प्रष्ट पारेका थिए । घरघरमा विजुली जनजनमा सेयर’ आयोजनामा सरकारको न्यूनतम ५१ र इच्छुक नेपाली नागरिक र गैरआवासिय नेपालीको अधिकतम ४९ प्रतिशत सेयर लगानी प्रवन्ध गरिने बजेट वक्तव्यमा छ । तमोर, सुनकोशी, दूधकोशी, ठोसे खिम्ती शिवालय, उत्तरगंगा लगायत आयोजनामा त्यसरी स्रोत जुटाइनेछ । एक गाउँ एक डाक्टरको नया कार्यक्रम छ । एमबीबीएस प्रवेश परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिमा सम्बन्धित गाविसले पढाउने प्रवन्ध गरिएको छ । त्यसरी अध्ययन सम्पन्न गरेपछि ५ वर्षसम्म आफ्नै गाउमा सेवा गर्नुपर्ने सर्त राखिएको छ । एक शहर एक पहिचान अन्तर्गत विभिन्न १५ सहरलाई विकास गर्न गुरुयोजना बनाई कार्यान्वयन गरिने उल्लेख छ । कृषीको आधुनिकीकरण, युवा उद्यममा बजेटले विशेष जोड दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुन ५ अर्ब ७८ करोडको व्यवस्था छ । युवाहरुलाई उद्यमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आय आर्जनका अवसरकालागि दश युवा एक युवा उद्यम कार्यक्रम सबै निर्वाचन क्षेत्रहरुमा नमुनाका रुपमा सञ्चालन गर्ने बजेटमा छ । एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अनुरुप आगामी आर्थिक वर्ष बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने भएको छ । साथै सवै प्रदेशमा पोलिटेक्निक इन्सिटच्यूट स्थापना गरिनेछ । एक प्रदेश एक औद्योगिक क्षेत्र अन्तर्गत दमक, सर्लाहीको मुर्तिया, हेटौंडा, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, सुर्खेतको विरेन्द्रनगर, लम्की र कञ्चनपुरको दैजी छानीएको छ ।

budget 73 kaslai rahat

विशेष