News

कर्मचारीको तलब वृद्धि कसले कति पाउने

कर्मचारीको तलब वृद्धि कसले कति पाउने
talab skel काठमाडौं जेठ १६, सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । यसैगरी एक दिनको तलब बराबरको वार्षिक ग्रेडसमेत उपलब्ध गराउने भएको छ भने यसअघि दिइँदै आएको महँगी भत्ता भने कायमै गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–७४ को बजेट भाषणमा राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन विद्यमान तलबमान वृद्धि गरिएको बताए । तलब वृद्धिले मुद्राििस्फत बढेर महँगी बढ्ने र त्यसको मार सर्वसाधारणमा पर्ने भन्दै निजी क्षेत्रले तलब वृद्धि नगर्न सरकारलाई चर्काे दबाब दिएका थिए भने कर्मचारी ट्रेड युनियनहरूले महँगी बढेको, उपभोक्ता मूल्य सूचीअनुसार कर्मचारीको तलब अत्यन्तै न्यून रहेको भन्दै शतप्रतिशत तलब वृद्धिको माग गरेका थिए ।

Budget

विशेष