
काठमाडौं १६ जेठ । सरकारले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाउने भएको छ । पेट्रोलियम पदार्थमा बढाएको रकम बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि उपयोग गरिने अर्थमन्त्री विष्णु पौडेलले उल्लेख गरेका छन् ।
शनिबार संसदमा बजेट भाषण प्रस्तुत गर्दै उनले भन्सार स्रोतमै कर लगाउँदा सरकारले एक वर्षमा करिब ७ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान गरे। मट्टितले, हवाइ इन्धन, डिजेल तथा पेट्रोल मा ५ प्रतिशत पूर्वाधार कर बढाउने उनको घोषणा थियो ।
Budget