बेलीब्रिज निकालियो
[caption id="attachment_2982" align="aligncenter" width="664"] फोटोः तीर्थ खनाल[/caption]
काठमाडौं जेठ १६, तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको छ ।
खोटाङको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको हो ।
महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सुनकोसी नदीमा गत पुसमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकेपछि तराई तथा अन्य जिल्ला जाने सिधा यातायात सेवा विच्छेद भएको छ ।
सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावती गरी पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङ्टारमा हिउँदमा मात्र सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडान गरिन्छ ।
Beli Bridge