भुलियो मदनआश्रित हत्या, हत्यारा चिनेका प्रधानमन्त्री ओली किन चुप ? (भिडियो सहित)
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी मारिएको २२ बर्षपछि उनकी श्रीमती विद्या भण्डारी राष्ट्रपति भइन् । राष्ट्रपतिको सपथ लिएको भोलिपल्ट उनी बल्खुस्थित एमाले कार्यालय पुगिन् । स्वर्गीय पतिको शालिकमा पुष्पागुच्छा अर्पण गरिन् । धेरैलाई लाग्यो–२२ बर्षदेखि रहस्यको गर्भमा रहेको मदन भण्डारी र जिबराज आश्रितको हत्याकाण्डको पूर्ण छानबिन हुनेछ ।
जेठ ३ गते एमालेले मदनआश्रित स्मृति दिवस मनायो । जेठमै एमाले नेतृत्वको सरकारले बजेट ल्यायो । सबै कुरा आयो तर मदनआश्रित हत्याकाण्ड छानबिनको कुरा आएन ।
केपीले भनेका थिएः हत्याराको नामथर, ठेगना सबै थाहा छ
[caption id="attachment_2991" align="aligncenter" width="700"] तस्विरः रोयटर्स[/caption]
मदनआश्रितको हत्या भएपछि एमालेले शोकलाई शक्तिमा बदल्ने नीति लियो । आन्दोलन ग¥यो । आन्दोलनमा केही एमालेजनको ज्यान गयो । २०५१ सालको मध्वावधि निर्वाचनको पूर्वसन्ध्यामा झापाको दमकमा आयोजित आमसभामा केपी ओली कुर्लिएका थिए, ‘हत्याराको नामथर, ठेगना, हुलिया सबै पत्ता छ । घर कता फर्केको छ भन्नेसमेत थाहा छ । सरकारमा पुगेपछि कठघरामा उभ्याइने छ । ’
सो आमसभाका प्रत्यक्षदर्शी राम थेवेले एक प्रसंगमा लेखेका छन्, ‘हत्याराको घर कता फर्केकोसम्मपनि आफुलाई थाहा भएको ओलीले भनेका थिए, तर गृहमन्त्री र प्रधानमन्त्री हुंदासमेत केही गरेनन् ।’ मध्वावधि निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । गृहमन्त्री बने उनै ओली तर अपराधी कठघरामा उभ्याइएन ।
अहिले उनै ओली प्रधानमन्त्री छन् । ओली नेपालेल पानीजहाज गुडाउनेदेखि तेल उत्पादन गर्नेसम्मका योजना बुनिरहेका छन् । तर, आफैंले चिनेजानेको हत्यारालाई कठघरामा उभ्याउने गरी हत्याकाण्ड छानबिन गर्न चाहेको देखिदैन । राष्ट्रपति हुनुपूर्वसम्म बिद्या मदन भण्डारी फाउण्डेसनको अध्यक्ष थिइन् । मदनको नाममा खोलिएको यो गैरसरकारी संस्था एमालेको समानान्तर संगठनजस्तो छ भनि पार्टीभित्रै विवादमा पर्दै आएको छ ।
भारतिय र चीनियां दुतावासबाट फाउण्डेशनका नाममा करोडौं बजेट लिइने गरिएको चर्चा एमालेभित्र चलिरहेको छ । अहिले सो फाउण्डेसनको अध्यक्षमा मदनकी जेठी छोरी उषाकिरण छिन् । फाउण्डेशनमार्फत आफ्ना पति मदनको स्मरण गर्ने बिद्या आफैं राष्ट्रपति हुंदा हत्या छानबिन गराउने विषयमा निष्क्रिय देखिएकी छन् ।
माधब नेपाल भन्छन्ः हत्याका बारेमा कहिलेसम्म चर्चा गरिरहने ?
मदन भण्डारीको निधनपछि कार्यबाहाक महासचिव भए माधबकुमार नेपाल । मदनको हत्या भएको भन्दै उनकै नेतृत्वमा आन्दोलन भयो । केहीको ज्यान गयो । उनी लगत्तै उपप्रधानमन्त्री भए । मदन मारिएको १५ बर्षपछि प्रधानमन्त्री भए । तर, हत्याको पूर्ण छानबिन भएन । हालै उनले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा भनेका छन्,‘हत्याको विषय कहिलेसम्म बहशमा राखिरहने ? कतिपय हत्याकाण्ड रहस्यमै रहन्छन् ।
अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीको त्यस्तै भयो ।’ अन्र्तवार्ताकारले श्रीमती राष्ट्रपति हुंदा, मदनको अनुयायी दाबि गर्ने ओली प्रधानमन्त्री हुंदा र हत्या भएको भनि छानबिनका लागि आन्दोलन गर्ने तपाई बरिष्ठ नेता भएको बेला नभएको छानबिन कहिले हुन्छ भनि सोधेका थिए ।
एकपछि अर्को प्रश्नपछि बरिष्ठ नेता लरबराएका थिए । उनले अन्र्तवार्ताकार नारायण पौडेललाई जवाफ फर्काएका थिए, ‘तपाईको नामै लिएर बैठकमा मदनआश्रितको छानबिनको विषय अठाइदिउंला जनस्तरबाट यस्तो आएको छ भनेर ।’
भिडियो हेर्नुहोस
यसको बारेमा कमेन्ट पनि
madan bhandari