विदेश

सशस्त्रबलको कारबाहीमा ३६ आतङ्ककारी मारिए

सशस्त्रबलको कारबाहीमा ३६ आतङ्ककारी मारिए
जेठ - १६- इजिप्टको सशस्त्रबलले आतङ्ककारी विरुद्ध दुई दिनसम्म गरेको कारबाहीको क्रममा ३६ जना आतङ्ककारी मारिएका छन् । साथै ३८ वटा बम निष्क्रिय पारेको पनि सो सुरक्षा बलले शनिबार जानकारी दिएको छ । egypt-map-attack इजिप्टेली सेना र प्रहरीको सहयोगमा उत्तरी सिनाइको एरिस, रफाह र शेख जुवेद सहरहरुको आतङ्ककारी विरुद्ध गरेको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएको सेनाद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीको क्रममा आतङ्ककारी आखाडा जमाईरहेका कैयौ भवनहरु ध्वस्त पार्नुको साथै भारी मात्रामा विस्फोट पदार्थ, सवारी साधनहरु पनि कब्जा गरिएको बताइएको छ । उत्तरी सिनाईको रफाह र शेख जुवेदमा भएको सुरक्षा कारबाही ८५ जना आतङ्ककारी मारिएका थिए । इजिप्टमा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ को जुलाईमा सैनिक ‘कू’ गरी हटाइएपछि सरकार विरुद्ध आतङ्ककारी आक्रमण बढेको बताइन्छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहसँग आबद्ध समूह सयौ प्रहरी र सैनिकको हत्याको जिम्मा लिदै आएका छन् । त्यसैगरी इजिप्टेली सैनिकले पनि आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीको क्रममा करिब १ हजार आतङ्ककारी मारिनुको साथै अन्य १ हजार नै घाइते भएको बताइएको छ । रासस

Death Egypt War World

विशेष