अपराध सुरक्षा News

चाइनिज नागरिक ३ केजी लागू अाैषधसहित पक्राउ

चाइनिज नागरिक ३ केजी लागू अाैषधसहित पक्राउ

जेठ -१६  मलेशियन एयरबाट  हङ्कङ्क जान लागेका चाइनिज नागरिकलार्इ लागू अाैषधसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेकाे छ ।  drug-trafficking-arrested २१ बर्षीय चुन मन हु  मलेशियन एयरको एमएच ११५ नम्वरको फ्लाईटबाट मलेशियाको क्वालालम्पुरहुदै हङकङ जान लाग्दा प्रहरीले पक्राउ गरेकाे हाे । पासपोर्ट नम्बर के ०२३३४५७५ रहेकाे प्रहरीले बताएकाे छ ।  लागू औषध कोकिन ३ के.जी. १७७.५ ग्राम सहित पक्राउ गरेको हाे । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षको चेकिङ वि साईडको २ नम्वर स्क्रिनमा चेकजाँच गर्दा सुटकेशको पिधमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध कोकिन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ । त्यस्तै धनकुटा छिन्ताङ–८ बस्ने ३१ बर्षीया रचना लामालाई प्रहरीले अवैध लागू औषध गाँजा अंदाजी १४ के.जी. सहित पक्राउ गरेको छ  ।कटहरी–९ स्थित रंगेली बिराटनगर सडकखण्डमा उनी सवार को.१६ प ९१४७ नम्वरको स्कुटीलाई आइतबार चेकजाँच गर्दा झोलामा राखेको उक्त गाँजा बरामद भएको थियो ।  

Airport Aparadh drugs International Pakrau

विशेष