News

एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता

एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता

१६ जेठ । एउटै गाउँका तीन बालक तेह्र दिनदेखि बेपत्ता बनेका छन् । दिक्तेल नगरपालिका–५ का १२ वर्षीय सनम राई, ११ वर्षीय प्रज्वल राई र १५ वर्षीय रमण राई गत जेठ ४ गतेबाट बेपत्ता बनेका हुन् ।

mising-boys

बालकहरु एकैसाथ बेपत्ता बनेपछि बालकका आफन्त चिन्तित बनेका छन् । जेठ ४ गते बिहान घरबाट दिक्तेलबजार जान्छु भन्दै हिँडेका तीन बालक हालसम्म फेला नपरेपछि आफन्त चिन्तित बनेका हुन् ।

सनम सरस्वती उच्च माविमा कक्षा ८, प्रज्वल हिमालय निमाविमा कक्षा ४ र रमण कक्षा ७ मा अध्ययनरत रहेका शिक्षिका सङ्गीता राईले जानकारी दिइन ।

बेपत्ता बालक हालसम्म फेला नपरेपछि खोजीका लागि आइतबार आफन्तले प्रहरी र जिल्ला बालकल्याण समितिमा हुलिया दिएका छन् । हुलियाको आधारमा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । रासस

child lost

विशेष