अपराध सुरक्षा News

केडियाकाे अपहरण जेल बन्दीकाे याेजना, १० करोड फिरौती माग

केडियाकाे अपहरण जेल बन्दीकाे याेजना, १० करोड फिरौती माग
काठमाडौंः वीरगन्जको उद्योगी सुरेश केडियालाई बिहारको जेलका एक बन्दीको योजनामा अपहरण गरेको खुलासा भएकाे छ । [caption id="attachment_3070" align="alignnone" width="600"]Suresh Kediya With Police ANI[/caption] केडियालाई नेपाल र भारतका सुरक्षाकर्मीले सकुशल अपहरणमुक्त गरेपछि यो तथ्य बाहिर आएको हो । नेपालबाटै पक्राउ गरी भारत बुझाइएका बब्बुु दुबेले जेलभित्रैबाट योजना बनाएकाे र केडियाको अपहरण गर्न नेपाली र भारतीय समूह प्रयाेग गरेकाे प्रहरी अनुसन्धानबाट खुलेको हो । एसएसपी सर्बेन्द्र खनाल दुबेलाई पक्राउ गरि भारतीय प्रहरीलाई बुझाएका थिए । आफ्ना भाई बब्लु दुबेलाई परिचालन गरि बाराको बरियारपुर जंगलबाट केडियाको अपहरण गराएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार केडियाका परिवारबाट अपहरणकारीले फिरौतिबापत १० करोड रुपैयाँ मागेका थिए । अपहरणपछि केडियालाई भारतको मोतिहारीमा लगेर राखेका थिए । नेपाल प्रहरी भारत बिहारको मोतिहारी र बेतिया प्रहरीसँंग समन्वय गरेर केडियाको खोजीमा जुटेको थियो । प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा शंकास्पद पाँंच जनालाई पक्राउ गरेको छ । जसमध्ये एक नेपाली र एक भारतीयसहित दुईजना अपहरणको योजनादेखि सम्पूर्ण कार्यमा संलग्न भएको प्रहरीको दाबी छ । अनुसन्धानमै रहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन ।

birgunj Business man kidnap Suresh Kediya

विशेष