एमालेले बजेटमा एकलौटी गरेको माओवादी केन्द्रको दाबी, काँग्रेसले माग्यो अर्थमन्त्रीको राजिनामा

[caption id="attachment_3153" align="alignleft" width="1000"]
तस्विरः कान्तिपुर[/caption]
काठमाडौं, १७ जेठ । सत्तारुढ दल माओवादी केन्द्रले बजेटमा आफ्ना सुझाव नपरेको भन्दै आलोचना गरेको छ । सिंहदरबारस्थित संसदीय दलमा बसेको माओवादी हेडक्वार्टरका ९ सदस्यसहितको संसदीय दल बैठकले प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले गरेको ९ बुँदे सहमतिको प्रतिविम्ब बजेटमा नआएको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, युद्धकालका सहिदका परिवार, घाइते र बेपत्ता परिवारलाई १० लाख दिने आश्वासन दिइए पनि बजेटमा त्यो नआएको भन्दै नेताहरुले आलोचना गरे ।
त्यस्तै नेपाली काँग्रेसले आर्थिक अनुशासन तोडेर ल्याइएको आव २०७३–७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ । बजेटको विषय जोडेर काँग्रेसले अर्थमन्त्रीको राजिनामा समेत माग गरेको छ ।
Budget
