News

कनकमाथि अख्तियारको अर्को दनक, लुकाएको जग्गा सरकारी बनाउन निर्देशन

कनकमाथि अख्तियारको अर्को दनक, लुकाएको जग्गा सरकारी बनाउन निर्देशन
KanaklmaniLok_Man-Singh-Karki काठमाडौं जेठ १७ । भूमिसुधारलाई अख्तियारको निर्देशन साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ । जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् । २०२१ सलामा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् । तर, दीक्षित परिवारले हात र्पायो रानी जगदम्बाले आफ्ना वारेस लक्ष्मीप्रसाद देवकोटामार्फत ०१८ मा नै पाटन क्याम्पसलाई चन्दास्वरूप दिने भनी घोषणा गरेको पाँच रोपनी दुई पैसा जग्गासमेत दीक्षित परिवारले लुकाएको देखिएको छ । दीक्षित परिवारले सो जग्गामध्ये दुई रोपनी एक आना तीन पैसा जग्गा जगदम्बा प्रेसका नाममा र दुई रोपनी ६ आना जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा गैरकानुनी रूपले नामसारी गरी लुकाएको पाइएको हो । रानी जगदम्बाको नाममा त्यति नै वेला प्रेस थियो । त्यस्तै रानी जगदम्बाले सरकारको नाममा दिने भनी घोषणा गरेको जग्गामध्ये कित्ता नम्बर ८६ बाट दीक्षित परिवारका मुली कमलमणि दीक्षितले कित्ताकाट गर्दै क्रमश आफ्ना बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीलाई १० आना र स्वयं कमलमणिले आफ्ना नाममा चार रोपनी नौ आना तीन पैसा जग्गा अनधिकृत दर्ता कायम गरेकोसमेत छानबिनका क्रममा पाइएको छ । जालसाजी गरी हात पारेको सो जग्गामध्ये कमलमणि दीक्षितले होटेल ओएसिसको नाममा दुई रोपनी ११ आना तीन पैसा, छोरा कुन्दमणि दीक्षितको नाममा दुई रोपनी आठ आना र कनकमणि दीक्षितका नाममा एक रोपनी १३ आनासमेत हक हस्तान्तरण गरेको पाइएको छ । होटेल ओएसिस दीक्षित परिवारकै स्वामित्वमा छ । कमलमणि आर्फैँले दाबी गरेका थिएनन् त्यसरी नै कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २ माघ ०२१ मा आफ्नो अचल सम्पत्ति घोषणा गर्ने क्रममा फाँटवारी पेस गर्दा रानी जगदम्बाट लिएको २४ रोपनी जग्गामध्ये आफू र आफ्नो परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेस गरेको अख्तियारको छानबिनमा देखिएको छ । नयाँ पत्रिकाबाट

Akhtiyar

विशेष