News

महतलाई वृद्ध भत्ता बढाएको मन परेन

महतलाई वृद्ध भत्ता बढाएको मन परेन
Dr. Ramsaharn काठमाडौं जेठ १७ ।  पूर्व अर्थमन्त्री रामशरण महतलाई बजेटमा सामाजिक सुरक्षा भत्ता बढेको मन परेको छैन । डा. महतसँग नयाँपत्रिकाले गरेको कुराकानीको अंश सामाजिक सुरक्षा भत्ता, गाविस नरपालिकाको अनुदान दोब्बर बनाउने कुरा छ । यो यहाँहरूले नै निरन्तरता दिएको कुरा हो । कस्तो लाग्छ ? मैले गत वर्ष दोब्बर गरेको थिएँ । वृद्धभत्ता गत वर्ष पाँच सयबाट एक हजार र्पुयाइएको हो । अर्थ व्यवस्था जहाँको त्यहीँ छ । हेर्दाखेरि वृद्धहरूलाई दिएको किन असहमति जनाउने भन्ने लाग्छ । तर, हरेक वर्ष दोब्बर गर्दै जाने ? यो उचित होइन । गरिब असहायका लागि बजेट बढाउनु पनि पर्छ । यो त धनी, पहुँचवाला जो वृद्ध भए, उनीहरूले पनि पाउने भए । अनुमानअनुसार ३५ प्रतिशत नपाउनुपर्ने मान्छेले भत्ता पाएका छन् । ३० प्रतिशत पाउनुपर्नेले पाएका छैनन् । प्रभावकारी रूपमा वितरण गर्ने संयन्त्र नभएसम्म दुरुपयोग हुने प्रबल सम्भावना हुन्छ । त्यस्तै, कर्मचारीको तलब वृद्धि भएको छ । अब कर्मचारीको चुनाव आउन थालेको छ । त्यसलाई ध्यानमा राखेर तलब वृद्धि गरिएको हो । मूल्य वृद्धिका आधारमा तलब वृद्धि गर्नुपर्ने हो । त्यो भएको छैन । निर्वाचन विकास कार्यक्रम भनेर यहाँकै बजेटमा सुरु भएको थियो । अहिले अनुदान दोब्बर भएको छ । यसमा के भन्नुहुन्छ ? मेरो धारणा अध्ययनको आधारमा बढाउनुपर्ने हो । मैले त्यसवेला नै अहिलेलाई एक करोड राखौँ । यसको प्रभावकारिताका आधारमा वृद्धि गरौँला भनेको थिएँ । यसको प्रभावकारिता कति छ त्यसको अध्ययन त हुन जरुरी छ । कतिपय ठाउँमा राम्रो काम पनि भएको छ । जस्तो, गाविसको कुरा गर्दा एउटा सचिवले दुईरतीनवटा गाविस चलाएको छ । निर्वा्चित निकाय छैन । त्यसको सदुपयोग के छ भन्ने नै छैन । वृद्धि हुनु राम्रो हो, त्यसले पूर्वाधारमा सहयोग हुनुपर्छ । बुढीगण्डकी निर्माणका लागि पेट्रोलियम करको अवधारणा कस्तो लाग्यो ? बुढीगण्डकी निर्माणका लागि त सीधै ट्रेजरीबाट बजेट छुट्टयाए हुन्छ नि । त्यसका लागि छुट्टै बुढीगण्डकीका लागि भनेर किन कर भन्नुर्पयो । अब पछि जति योजना आउँछन् सबैका लागि छुट्टाछुट्टै कर बनाउन सान्दर्भिक हुन्न ।

Budget

विशेष