News

मनिषाको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रर्दशन

मनिषाको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रर्दशन
Manisha जेठ १७ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ । मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् । उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । मनिषाको शवको परीक्षण रिपोर्ट अझै लिखितरुपमा जिल्लामा नआएका हुँदा घटनाको प्रष्ट जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृतिले घटनाको वास्तविकता पत्ता लगाउन अझै दुई साता लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  मनिषाको प्रेमी आशिषको पोलिग्राफ परीक्षण आज मनिषाको हत्यामा भएको आशंकामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी आशिषको आज पोलिग्राफ परीक्षण गरिँदै छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले प्रहरी नियन्त्रणमा रहेका आशिषको दिउँसो पोलिग्राफ परीक्षण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।  

Manisha Ghartimagar

विशेष