विदेश

पाकिस्तानद्वारा भारतलाई चेतावनी पाँच मिनेटमा भारतलाई सखाप पार्ने दाबी

पाकिस्तानद्वारा भारतलाई चेतावनी पाँच मिनेटमा भारतलाई सखाप पार्ने दाबी
Pkista १७ जेठ । पाकिस्तानले परमाणुको सफल परीक्षण गरेको छ । परीक्षण संगै पाकिस्तानले छिमेकी भारतलाई पाँच मिनेटमा निशाना बनाउन सक्षम रहेको दाबी समेत गरेको छ । पाकिस्तानको परमाणु कार्यक्रम विज्ञ तथा वैज्ञानिक अब्दुल कादिर खानले पाकिस्तानले १९८४ मा नै परमाणु परीक्षण गर्ने तयारी गरेको बताए । त्यसका लागि योजना पनि बनाएको बताउँदै तत्कालिन सैन्य शासक जनरल जिया–उल–हकले अनुमति नदिदा राकिएको जानकारी दिए । उनले त्यही बेला भारतलाई निशाना बनाउने योजना पनि बनेको खुलासा गर्दै अहिले पनि पाकिस्तान पाँच मिनेटभित्र दिल्लीमाथि परमाणु हमला गर्न सक्षम रहेको बताए । उनले परमाणु शक्ति हासिल गर्ने विश्वका देशहरुमध्ये पहिलो मुश्लिम देश पाकिस्तान बनेको भन्दै मेरो योगदानविना यो सम्भव थिएन् । उनले भने पाकिस्तान परमाणु ताकत हासिल गर्ने दुनियाँकै पहिलो मुश्लिम देश हो । एकदमै अप्ठेरो परिस्थितीमा हामीले यो ताकत हासिल गर्नमा सक्षम थियौं र हामीले गर्यौ ।’

Pakistan

विशेष