News

बजेटको बारेमा संसदमा लफडा काँग्रेसको अवरोध

बजेटको बारेमा संसदमा लफडा काँग्रेसको अवरोध
Samsad vaban काठमाडौं जेठ १७ । प्रमुख प्रतिपक्षी दलको विरोधका कारण संसदको बैठक स्थगित भएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलका लागि बसेको बैठक विपक्षी दलको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ । बैठकको शुरुमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका डा रामशरण महतले संसदमा बजेट पेश नहुदै सूचना चुहिनु संसदीय मूल्यमान्यता र विशेषाधिकार विपरीत भएको आरोप लगाउदै विरोध जनाएका थिए । कांग्रेसले बजेट चुहिएको बारे छानबिनको माग गर्दै त्यो नहुन्जेल संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएको छ । 

Budget 2073

विशेष