News

सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस बजेट पछि लगातार संसद अवरुद्ध

सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस बजेट पछि लगातार संसद अवरुद्ध
काठमाडौँ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । Samsad vaban बजेटको विरोध गर्दै कांग्रेस सांसदले संसद् बैठक अवरुद्ध गरेका हुन् । कांग्रेस सांसदले बजेट चुहावट भएको भन्दै छानबिन समिति गठनको माग गर्दै सोमबार संसद अवरुद्ध गरेका हुन् ।बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार एकै दिन चार पटक संसद अवरुद्ध पारेको छ । बजेटमाथि छलफलका लागि सोमबार संसदको बैठक बोलाइएको थियो । तर, प्रमुख विपक्षी कांग्रेसले संसदमा पेश गर्नु अघि नै बजेट सार्वजनिक भएको भन्दै अवरुद्ध पारे । सोमबार बिहानको संसद बैठकमा बोल्दै कांग्रेस सांसद एवम् पूर्वअर्थमन्त्री रामशरण महतले बजेट सार्वजनिक नहुँदै सूचना चुहिनु सरकारको गम्भीर लापरबाही भएको भन्दै त्रुटि सच्चाउन छानबिनको माग गरे । महतले बजेट सार्वजनिक नहुँदै सेयर बजारमा समेत असर परेकोप्रति आपत्ति जनाए ।

samsad ma partipaxhi

विशेष