इराकी सुरक्षा बल फालुजा सहर प्रवेश
बग्दाद, १७ जेठ । इराकी सरकारी सुरक्षा बल सोमबार इराकको फालुजा सहर प्रवेश गरेका छन् । इस्लामिक स्टेट लडाकू समूहले कब्जा जमाइरहेको यस सहरलाई इराकी सरकारी बलले सोमबर आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
इराकी सुरक्षा बलले तीन तिरबाट प्रवेशगरी सहर नियन्त्रणमा लिएको र यहाँ नयाँ चरणको कारबाही सुरु गरिएको सुरक्षाबलका कमाण्डरहरुले जानकारी दिएका छन् ।
आतङ्ककारी विरुद्ध इराकमा कारबाही गरिरहेको सेवा सीटिएस बल, अन्बर प्रहरी र इराकी सैनिक स्थानीय समयाअनुसार सोमबार बिहान ४ बजे फालुजा सहरभित्र प्रवेश गरेको सेनाका एकजना कमाण्डरले बताएका छन् ।
यस कारबाहीको क्रममा अन्तर्राष्ट्रिय संयुक्त सेनाको समेत सहभागितामा सुरु भएको छ । इराकी सुरक्षाबलले आइएस लडाकू समूहले आफ्नो नियन्त्रणमा लिएको फलुजानजिकैको सहर अल गमामा हिजो नै नियन्त्रणमा लिएको थियो ।
सिटिएसका प्रवक्ता सबाह अल नोर्मानले इराकी सुरक्षाबलले फालुजा सहर आइएसको कब्जाबाट सोमबार बिहानबाटै सुरु सुरु गरेको एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।
सिरियाको छिमेकमा पर्ने यस इलाकामा आइएसको कब्जाबाट हटाउने सुरक्षाबलको यस प्रयासको क्रममा सर्वसधारण नागरिक फसेका जनाइएको छ ।
फजुला सहरमा करिब ५० हजार सर्वसाधारण नागरिक फसेका बताइएको छ । रासस ÷एएफपी
eraki surakchya bal