बाबुरामले भेटे ईशानलाई, सर्मथन बढ्दै
सागर बुढाथोकी
जेठ १७, मान्छे चर्चित हुन केही गर्नुपर्दैन । सामान्य किन नहोस् अनौठो काम गरे पुग्दछ । ईशान अधिकारीको हकमा त्यस्तै भएको छ । सिंहदरबारमा रंग छ्यापेर उनी रातारात धेरैको नजरमा परे । सिंहदरबार घेराउ गर्दा नपाइने चर्चा उनले रंग छ्यापेरै प्राप्त गरे ।
[caption id="attachment_3272" align="alignnone" width="529"] फोटो इसानको फेसबुकबाट[/caption]
किन छ्यापे रंग ईसानको फेसबुकबाट
विषय – स्वदेश बचाउनका लागि निर्जल व्रतवारे सार्वजनिक आग्रह ।मूलद्वारमा रक्तिम रङ्ग छर्की सिंहदरवारको वास्तविक चरित्र उदाङ्गो गर्दै मैले आज निर्जल वर्त प्रारम्भ गरेको छु । स्वयंले मात्र नभई मेरो समाज र राज्यबाट जानअंजान ढङ्गले गरिएका अनेक विभेद र हिंसाका घटनाका लागि मैले प्रायश्चित्त गर्दैछु । स्वयं र सबैको लागि क्षमा माग्दैछु ।
[caption id="attachment_3274" align="alignnone" width="749"] फोटो इसानको फेसबुकबाट[/caption]
केही महिनाअघि हुलाकीमार्ग मार्फत गरिएको महाकालीमेची पैदलयात्राको क्रममा मैले हजारौं मधेशवासी नेपालीहरूसङ्ग अन्तक्रिया गर्न पाएको थिएँ । दमन, हिंसा र उपेक्षाको शृंखलाका कारण उक्त भेगमा नेपाल राष्ट्रप्रति निराशा बढ्दै गएको छ । नेपाल सरकार र शीर्ष दलका अगुवाले तत्काल स्थितिको गम्भिरता बुझी असन्तुष्ट पक्षलाई पूर्ण–सम्मानसहित समेट्ने इमान्दार प्रयास नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्व सङ्कटमा पर्ने प्रष्ट छ । त्यसैले यो निर्जल व्रत स्वदेश बचाउनका लागि आग्रह हो ।
सरकारसंग ईशानको आग्रह
सरकार र असन्तुष्ट पक्ष समक्ष म यी सार्वजनिक आग्रह राख्नचाहन्छु ।
१. हिंसा दमन र विभेदको साटो सहानुभूति करूणा र भाइचारालाई शासनको नयाँ आधार बनाउने प्रतिबद्धतासहित थारू, मधेशी, आदिवासीजनजाति, महिला, दलित, मुसल्मान लगायत अन्य उपेक्षितसोषित जनसमुदायसंग राज्य एवं वृहत्तर नेपाली समाजद्वारा गरिएका सम्पूर्ण ऐतिहासिक विभेद दमन तथा भूलत्रुटीका लागि राज्यको तर्फबाट राष्ट्रप्रमुख र सरकारप्रमुखद्वारा क्षमा मागियोस् भनि आग्रह गर्दछु ।
२. राष्ट्रिय मेलमिलाप सुनिश्चित र सुदृध गर्ने उद्देश्यले आन्दोलनरत तथा संविधानसङ्ग असन्तुष्ट दलपक्षको सम्मानजनक सहभागितासहित संविधानमा आवश्यक संशोधन सुनिश्चित गर्ने गरी अधिकार सम्पन्न समिति गठन गराईयोस् भनि आग्रह गर्दछु । नेपालका आन्तरिक समस्या नेपालीहरूले नै मिलेर सुल्झाउने राजनीतिक संस्कृति स्थापित गरियोस् ।
३. उच्चस्तरीय छानबिन समिति गठन गरी मधेश आन्दोलन लगायत संविधान र संविधान निर्माण प्रकृयाको विरोधमा भएका समस्त सङ्घर्ष एवं राज्यपक्षबाट गरिएका दमनज्यादती तथा त्रुटीकमजोरीलाई सार्वजनिक गरियोस् । समस्त आन्दोलनरत दलका अगुवा एवं असन्तुष्ट जनहरूलाई भद्रअवज्ञा गर्दै शान्तिपूर्ण सत्याग्रहमा सहभागी हुन आग्रह गर्दछु ।
ईशानले आफुलाई स्वतन्त्र भन्ने गरेका छन् । पोशाकपनि समावेशी लगाउने गरेका छन् । दौरा र धोती एंव भादगाउंले टोपी लगाएर उनले मधेशी, जनजाति र खशआर्यको समायोजन गराएका छन् । मधेशमा उनले पैतालिस दिनसम्म पैदलयात्रा गरेको र मधेशको भाव बुझेको उनको दाबी छ ।
मधेशको उत्पीडनको कुरा सम्बोधन गर्नुपर्ने तर्क राखेकाले उनलाई सो समुदायका प्रवुद्ध व्यक्तिहरुले साथ दिएको बुझिएको छ । उनको पक्षमा युवाहरुले सामाजिक संजालमा अभियान नै चलाएका छन् । आइएमविथईशान अभियानका समर्थक बढ्दै गएको ईशानकी साथी ऋचा पालिखेको दाबी छ ।
[caption id="attachment_3275" align="alignnone" width="698"] इसानका साथीहरु फोटो गगन थापा[/caption]
उनको राजनीतिक पृष्ठभुमी
ईशान विस्तारै राजनीतितर्फ मोडिए । कमल थापासंग प्रभावित ईशान दुई बर्षसम्म थापाको राप्रपा नेपालको सक्रिय कार्यकर्ता भए । ईशानका बुबा ईश्वर भन्छन्, ‘उनले त्यतिबेला पार्टीको फोटो, पर्चा टाँस्दै हिँड्ने काम पनि नगरेको होइन । कमल थापाले पनि उनलाई आइडल मान्थे ।’ ईशानको शैली अरुभन्दा फरक थियो । त्यसैले २ बर्षमै उनी राप्रपा नेपालभित्र चर्चाको पात्र बनिसकेका थिए । सम्भावना देखिन्थ्यो । तर उनले चटक्कै राप्रपा नेपाल छाडिदिए ।
पछि राष्ट्रपतिमार्फत उनलाई आममाफी दिन खोजिएको थियो । सोको विरोधमा बालुवाटारमा ४–५ महिना बालुवाटार घेराउ कार्यक्रम भयो । ईशान घेराउका सक्रिय सदस्य थिए । उनी पटकपटक हिरासतमा परे । ईश्वर र अनुले जेठो छोरा त्यसरी हिड्दा मन थाम्न सकेनन् । कतिपटक सम्झाइबुझाइ गरे । तर ईशानले टेरपुच्छर लगाइदिएनन् ।
के भन्छन ईशानका सर्मथहरु
पछिल्लो समय ईशानको चर्चा सामाजिक संजालमा अत्यन्त छ । ईशानका सर्मथकहरुले आई एम विथ ईशान भन्ने ग्रुप खोलेर ईशानको सर्मथक जनाईरहेका छन । ईशानको सर्मथक रिचा पालिखे भन्छिन “राम्रो कामको समर्थन सबैले गर्नु पर्छ , सबैलाई परिबर्तन आबश्यक छ आवाज कसैले उठाएन भने कसरी परिबर्तन हुन्छ ”।
देश बदल्न सकारात्मक सोच आवश्यक छ त्यसका लागी युबाहरु नै लाग्नु पर्ने तर्क गर्छिन रिचा पालिखे । उनी भन्छिन राम्रो कामको सर्मथन सबैले गर्छन त्यसको उदारण हुन ईशान , देशको भद्रगोल सुर्धान पनी उनलाई सर्मथन गर्नुपर्छ । हाल ईशानको सर्मथनमा देशभरीका युबाहरुले सामाजिक सञ्जालमा दबाब दिईरहेका छन ।
बाबुराम भट्टराईले भेटे ईशानलाई
पुर्ब प्रधानमन्त्री तथा नया शक्तिका संयोजक बाबुराम भट्टराईले ईशानलाई भेटेको ईशानको सर्मथक रिचा पालिखेले बताएकी छिन । भट्टराईले ईशानलाई भेटेर आफु पनी त्यही मिसनको लागी संर्घष गरेको बताएका छन । रिचाको अनुसारभट्टराईईले यस्तो परिबर्तन एकैचोटी सम्भब नहुने भन्दै ईशानलाई खाना खान आग्रह गरेका छन । भट्टराईई पनी ईशानको माग सबै राजनितिक दलका नेताले माफी माग्नु पर्ने बुदाप्रती झस्कीएको रिचाले बताईन ।
[caption id="attachment_3276" align="alignnone" width="722"] इसानका साथीहरु फोटो गगन थापा[/caption]
ishan adhikari shihadarwar