इन्जिनियरहरु समृद्धिको लागि भौतिक पूर्वाधार हुन् भट्टराई
काठमाडौं १७ जेठ। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ईन्जिनियरहरु समृद्धिको लागि भौतिक पूर्वाधार भएको बताएका छन ।
नेपाल इन्जिनियरिङ समाजको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भटराइले भने ‘मुलुकलाई समृद्ध बनाउँदै नेपाललाई विकसित मुलुक बनाउन इन्जिनियरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’
‘नयाँ शक्तिले १५ वर्षभित्रमा मध्यस्तरमा नेपाललाई विकसित बनाउने र २५ देखि ३० वर्षभित्र उच्च विकसित चरणमा पु¥याउने स्पष्ट खाकासहित अगाडि बढ्छ,’ उनल भने, ‘यसको लागि कस्तो रणनीति र कार्यनीति अपनाउनुपर्छ, इन्जिनियरहरुले भिजनसहित सघाउनुपर्छ ।’
भटराइले आफ्नो उमेरको सीमितता भएकोले १५ वर्ष बाँचेमा मध्यमस्तरको विकसित नेपाल देख्न पाउने र २५ वर्ष बाँचे उच्च स्तरको विकसित नेपाल राष्ट्र देख्न पाउने विश्वास व्यक्त गरे ।