News

प्रचण्ड र कटवालको पुर्नमिलन, नारायणकाजीको निवासमा जे देखियो

प्रचण्ड र कटवालको पुर्नमिलन, नारायणकाजीको निवासमा जे देखियो
231गणतन्त्र दिवसको सन्र्दभ पारी सोमबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नै निवास हात्तिबनमा भेटघाट कार्यक्रम गरेका थिए । प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र माधब नेपाल, विभिन्न देशका राजदुत, मन्त्री, नेतागण, पत्रकारलगायतको उपस्थिति रहेको सो भेटघाटमा रमाइला दृश्य देखिएका थिए ।11 प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंगै बसेका थिए । केहीबेरमा प्रधानमन्त्री ओली हिडे । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसंग बसिरहेका बेला पूर्वसेनापति रुक्माङ्गत कटवाल पुगेका थिए । प्रधानमन्त्री हिडेपछि उनी बसेको ठाऊंमा कटवाल बसे । कटवाल र प्रचण्डको बसाइले धेरैको ध्यान तान्यो । कटवाल र प्रचण्ड मस्किमस्कि कुरा गरिरहेका थिए । प्रचण्डले केही असहज मानिरहेका थिए । प्रचण्ड नेतृत्वको सरकारले कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गरे पनि तत्कालिन राष्ट्रपतिको थमौतिपत्र पछि कटवाल पदमै आसिन रहे । त्यसपछि प्रचण्डले राजिनामा दिएका थिए ।122 उनीहरुको संवाद सकिएपछि कटवाललाई हामीले के कुराकानी भयो भनि सोधेका थियौं । उनले पारिवारिक कुराकानी भएको जनाए । प्रचण्ड र पत्रकार कनकमणि दिक्षितको संवादपनि रोचक बन्यो । प्रचण्डप्रति सदैब कटु सुनिने दिक्षित गफमा मस्त थिए । प्रचण्ड बाहिर लाग्दा छेवैंमा परे दिक्षित । प्रचण्डले दिक्षितलाई कोट्याउंदै बोलाए । अब हामी मिल्नुपर्छ भन्दै प्रचण्डले हात मिलाए । प्रचण्ड बाहिरिएको धेरैबेरसम्म सोही विषयमा दिक्षितले चर्चा गरिरहे । Kanak विहान अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पुख्र्यौली सम्पत्तिमाथि निशाना लगाउने सांझ प्रचण्डले हात मिलाउने, के भाको होला भन्दै उनी अर्थ खोज्दै थिए । भेटघाटमा पूर्व परराष्ट्रमन्त्री एंव कांग्रेस नेतृ सुजता कोइराला र रामशरण महतपनि सहभागी थिए । कोइराला केपी ओलीलाई सहयोग गर्नुपर्ने भन्दै थिइन् । सपना बांड्नपनि खुबी चाहिने भन्दै उनले ओलीको पक्ष लिएकी थिइन् । 88 गायिका कोमल वलीपनि कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसै त अग्ली ओलीले हिल लगाएपछि के चाहियो र ? उनलाई धेरैले हिल लगाउनुको कारण के भन्दै हांसो गरेका थिए । उपप्रधानमन्त्री विजयकुमार गच्छदार र ओली निकैबेर गफमा व्यस्त रहे । हाउभाउले उनीहरुको निकटता प्रष्टै देखाउंथ्यो । 555 फोटोका सौखिन माधव नेपाल अरुलाई आग्रह गरिगरि नेताहरुसंग फोटो खिचाइरहेका थिए । उनले केपी ओलीलाई गम्भीर आरोप लगाउंदै दिएको पछिल्लो टेलिभिजन अन्र्तवार्ता भेटघाट कार्यक्रममा चर्चाको विषय बनेको थियो । आमन्त्रितलाई नेता नारायणकाजी श्रेष्ठ र उनकी स्वकीय सचिव सुसन कर्मचार्यले स्वागत गरेका थिए । उनीहरुको आतिथ्यको धेरैले प्रशंसा गरेको सुनिन्थ्यो । कार्यक्रम अनौपचारिक थियो । भाषण थिएन । त्यसैलेपनि आमन्त्रितहरु खुलेर कुरा गरिरहेका सुनिन्थे ।

Bijayakumar Komal Oli KP Oli Narayan Kaji Prachanda Katwal Sujata Koirala

विशेष