News

सरकारले खटाएका इन्जिनियरहरु कामविहीन

सरकारले खटाएका इन्जिनियरहरु कामविहीन
Kambihin काठमाडौं १८ जेठ भूकम्प गएको १३ महिना बिते पनि पीडितका घर बनाउन गाउँ गएका इन्जिनियर कामविहीन भएका छन् । सरकारले पीडितलाई राहत रकम उपलब्ध गराउन नसक्दा घर बनाउने काम नै रोकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १ हजार २६ जना इन्जिनियरका साथमा सबइन्जिनियर र एसिस्टेन्स सबइन्जिनियरसमेत गरी २ हजार २ सय ५१ प्राविधिक गाउँ पुगिसकेका छन् । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरि शर्माका अनुसार भूकम्पबाट करिब सात लाख घर भत्केको अनुमान रहेकोमा अहिलेसम्म करिब ३८ हजार धुरीले मात्रै आवास बनाउन अनुदान सम्झौता गरेका छन् । तर ती ३८ हजारले पनि रकम पाउन नसकेकाले पुनर्निर्माणको काम सुरु नै हुन सकेको छैन । कान्तिपुर दैनिक

Engineer

विशेष