विदेश

बहराइनका विपक्षीदलका नेताको सजाय थप ५ बर्ष

बहराइनका विपक्षीदलका नेताको सजाय थप ५ बर्ष
Baharain जेठ १८ । बहराइनको पुनरावेदन अदालतले प्रतिपक्षी दलका नेता शेखअलि सलमानलाई दिइएको चारवर्षे काराबास सजायमा पाँच वर्ष थप गरी नौ वर्ष पुरयाएको छ । प्रतिपक्षी दलका नेता तथा अल बेफाक नेसनल इस्लामिक सोसाइटीका महासचिव सलमानलाई अधिकारवादी नेता, कुटनीतिज्ञ र अन्य अधिकारीको उपस्थितिमा कडा सुरक्षाबीच सजाय सुनाइएको थियो । शेख अलि सलमानलाई उच्च फौजदारी पुनरावेदन अदालतले नौ वर्षको सजाय सुनाए पनि यसलाई बहराइनको समाजले स्वीकार नगर्ने उनको दलले सुनुवाईपश्चात एक विज्ञप्ति जारी गरी बताएको छ । यसको संयुक्त राज्य अमेरिका, मानवअधिकारवादी समूहहरुले विरोध गरेका थिए । उनको पक्राउपछि ठूलो समूहले सलमानको रिहाइका लागि प्रदर्शन गरेका थिए ।

Baharain Opposition Leader

विशेष