News

काठमाडौंमा पानीको हाहाकार, व्यवसायीले बेचे फोहोर पानी

काठमाडौंमा पानीको हाहाकार, व्यवसायीले बेचे फोहोर पानी
[caption id="attachment_3350" align="alignleft" width="1000"]कान्तिपुर कान्तिपुर[/caption] काठमाडौं १७ जेठ । बढ्दो गर्मीसँगै उपत्यकामा खानेपानीको माग बढेको छ । खानेपानीको माग बढेसँगै उपत्यकामा आपूर्ति हुने पानी गुणस्तरहीन पाइएको छ । व्यवसायीले उपभोक्तालाई पिउनयोग्य नभएका पानी वितरण गरिरहेका छन् । राजधानीमा पानीको माग बढेसँगै ट्यांकर व्यवसायीले मुहानको शुद्ध पानी भन्दै फोहोर ठाउँबाट संकलन गरिएका पानी उपभोक्ताको घरघर पुर्याउने गरेका छन् । योसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ । महँगोमा ट्यांकरबाट किनेको पानी गुणस्तरहीन हुँदा छालाको समस्या देखिएको उपभोक्ता बताउँछन् उपभोक्ताकोमा पुर्याउने पानी त गुणस्तरहीन छँदै छ व्यवसायीहरु व्यवसाय पनि बिनादर्ता सञ्चालन गरिरहेका छन् । यसबाट पानीमा कालोबजारी गर्नेको चलखेलसमेत बढेको छ । स्रोतको पानी र ट्यांकर व्यवसाय दर्ताको स्पष्ट कानुनी प्रावधान छैन । स्पष्ट कानुनी प्रावधान नहुँदा उनीहरू दर्ता प्रक्रियामा सामेल भएका छ्रैनन् । कान्तिपुर दैनिक

विशेष