विदेश

भारतिय सेनाको हतियार डिपोमा आगलागि १७ को मृत्यु

भारतिय सेनाको हतियार डिपोमा आगलागि १७ को मृत्यु
Bharat जेठ १८ । भारतको महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक छ । मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ, उनले भने, तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवाज सुनिएको थियो । घटनामा नेपाली मुलका सेनाहरु उक्त घटनामा हातहात भएको खुलेको छैन ।

Bharat India Nepal aaja

विशेष