कभर स्टोरी News

नेपालमा भोकमरी बढ्यो भोकमरीको सुचीमा ५८ औं फोटो फिचर

नेपालमा भोकमरी बढ्यो  भोकमरीको सुचीमा ५८ औं फोटो फिचर
IMG_6811 काठमाडौं जेठ १८ । प्राकृतिक प्रकोप र नाकाबन्दीका कारण नेपाल भोकमरीको सूचीमा ५८ औं स्थानमा पुगेको छ । IMG_3317 यसअघि सन् २०१४ मा नेपाल विश्व भोकमरीको सूचीमा ४४ औं स्थानमा थियो । इन्टरनेसनल फूड पोलिसी रिसर्च इन्टिच्युट इफ्री ले सन् २०१६ को विश्व खाद्य नीतिसम्बन्धी तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ । IMG_0306 इफ्रीले विश्व भोकमरी सूचकांक ग्लोबल हंगर इन्डेक्स सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भोकमरीको सूचीमा १४ स्थान उक्लेर सन् २०१५ मा ५८ औं स्थानमा पुगेको उल्लेख गरेको छ । IMG_0111 गत वैशाख र त्यसपछि निरन्तर आएको भूकम्पसहित अन्य प्राकृतिक बिपद् सुक्खा, पहिरो र बाढी तथा गत असोजदेखि मंसिरसम्म भएको भारतको नाकाबन्दीका कारण आर्थिक वृद्धि दर सुस्त बन्नु, खाद्य वस्तुको अप्रत्यासित रूपमा बढेको मूल्य र न्युन खाद्यान्न उत्पादनका कारण नेपालको अवस्था ओरालो लागेको हो । 2D2M9561 गत शनिबारदेखि राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय कृषि सम्मेलनको क्रममा इफ्री, कन्सर्न वल्र्ड वाइड र वेल्थिङरहिल्प नामको संस्थाले संयुक्तरूपमा विश्वको खाद्य तथा भोकमरीका बारेमा अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । IMG_3120 ग्लोबल हंगर इन्डेक्सअनुसार विश्वका मुलुकको स्थान घट्दै जानु भनेको भोकमरीको अवस्था सुधार हुँदै जानु हो । यस्तै स्थान बढ्दै जानु भनेको भोकमरीको अवस्था थप विकराल बन्दै जानुलाई संकेत गर्छ ।IMG_3128 IMG_3096 IMG_2150   IMG_3084 भुकम्प पछि नेपालका फोटो पत्रकार गगन थापाको फोटो संग्रहबाट लिइएको 

Hunger Nepal

विशेष