एसएसपी रमेश खरेलको अभिव्यक्ति गम्भीर- गृह, प्रहरी प्रधान कार्यालय भन्छ हत्या धम्कीबारे जानकारी छैन (भिडियोसहित)
सो बारेमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बुझिएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतको सचिवालयले अभिव्यक्ति वास्तविक रहे नरहेको बारेमा अध्ययन भइरहेको जनाएको छ । प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप नगर्ने गृहमन्त्री बस्नेतको नीति रहेको सचिवालयले प्रष्ट गरेको छ ।
एसएसपी खरेलले कुन सन्र्दभमा राजनीतिक हस्तक्षेप र घुसखोरीको कुरा गरेका हुन् भन्ने बारेमा गृहमन्त्री गम्भीर रहेको सचिवालयको भनाइ छ । प्रहरी प्रवक्ता डिआजी माधब जोशीले एसएसपी खरेललाई आएको भनिएको ज्यानमार्ने धम्कीका बारेमा प्रधान कार्यालय अनविज्ञ रहेको जनाए । उनले अन्र्तवार्ताका बारेमा आफुले सुनेको भएपनि काठमाडौं बाहिर रहेकाले हेर्न नपाएको बताए ।
उनले काठमाडौं फर्केपछि खरेलका अभिव्यक्तिका बारेमा विस्तृतमा बताउन सक्ने जनाए । खरेलले आफुलाई आइजिपी बनाउन नदिन चलखेल भइरहेको तर चलखेललाई परास्त गर्दै आफु आइजिपी भएरै छाड्ने भनि दिएको अभिव्यक्ति प्रहरीमा चर्चाको विषय बनेको छ ।
खरेलका व्याजी एक एसएसपीले उनको अभिव्यक्तिलाई हतारको बोलि भनेका छन् । अरुको सम्भावना बढ्दै गएपछि आफ्ना पक्षमा माहोल तयार गर्न खरेलको अभिव्यक्ति आएको ति एसएसपीको ठहर छ । नाम नबताउने सर्तमा खेरलका व्याजी एसएसपीले भने, ‘बढुवा संगठन र सरकारले गर्ने हो । कसैले दाबी गर्दैमा हुने होइन । आफु नै हुन्छु, कसैले रोक्न सक्दैन भनेर सरकार र प्रहरी संगठनलाई एउटा अधिकृतले चुनौति दिन मिल्छ ?’
खरेलले भने, ‘आइजिपी भएरै छाड्छु’ एसएसपी खरेलले नेपाल आजसंगको अन्र्तवार्तामा आफु आइजिपी भएरै छाड्ने बताएका थिए । उनले आफुलाई आइजिपी हुन नदिन व्यवधान खडा गर्न खोजिएपनि व्यवधान पन्छाउंदै पन्छाउंदै आइजिपी बनेरै छाड्ने दाबी गरे । भ्रष्टहरुले आइजिपी बन्ने सपना देख्नपनि नहुंनेभन्दै उनले आफ्नो सिपाही हुंदादेखिको इतिहास हेर्न चुनौति दिए । चलचित्रमा प्रहरी अधिकृतको भुमिकामा रहेको नायकले आइजिपी भएरै छाड्ने भनि दिएको दृश्यझैं लाग्ने गरी उनले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
मलाई मार्ने धम्की आएको छ एसएसपी रमेश खरेलले आफुलाई मार्ने धम्की आएको अन्र्तवार्ताका क्रममा खुलाशा गरे । बिदेशबाट नेपालीले विदेशकै मोबाइल नम्बर प्रयोग गरी मार्ने धम्की दिएको उनले प्रष्टाए । धम्की दिने व्यक्तिको पहिचान भइसकेको र कानूनी कठघरामा उभ्याइछाड्ने उनको भनाइ छ ।
प्रहरीमा अहिलेपनि खुसघोरी छ बामदेब गौतम गृहमन्त्री हुंदा उनले डिआइजी बढुवाका लागि ब्रिफकेस बोकेर हिड्ने गरिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको सो भनाइले प्रहरीवृत्तमा हंगामा मच्चाएको थियो । अन्र्तवार्ताको क्रममा उनले आफ्नो भनाइ सत्य रहेको दोहोर्याए । संगै, अहिलेपनि खुसघोरी कायमै रहेको जनाए । पहिलेभन्दा कम भएको उनको भनाइ छ ।
बामदेबसंगको सम्बन्ध रमेश खरेलका काका हुन अच्युतकृष्ण खरेल जो ०५४ सालमा नेपाल प्रहरीको आइजिपी थिए । गृृहमन्त्री रहेका बामदेब गौतमले खरेललाई बर्खास्त गरिदिएका थिए । काकालाई गरिएको अपमानको ईख भतिजा रमेशले अहिलेपनि सांधेको चर्चा हुने गर्दछ । तेस्रो पटक गृहमन्त्री भएका गौतमले एक बर्ष अघि एसएसपी खरेलले आफुलाई भेट्न नआएको तथा सलुट नगरेको दुखेसो सार्वजनिकरुपमै व्यक्त गरेका थिए । खरेलले गौतमसंग आफुले ईख नसांधेको तर उनकोमा धाउंदै जान आवश्यकपनि नरहेको जनाए ।
राजनीतिक हस्तक्षेपले मलाई हटाइयो पहिलो पटक काठमाडौंको प्रहरी प्रमुख हुंदा रमेश खरेल चर्चित भए । दोहोर्याएर काठमाडौंको प्रमुख हुंने अवसरपनि पाए केही पहिले । तर, उनी त्यहांबाट ४ महिनामै हटाइए । उनले आफुले गुण्डा छुटाउन नमानेकाले हटाइएको प्रष्ट पारेका छन् ।
भर्तीमा धांधली गरेको बारे चितवन प्रहरी प्रतिष्ठानमा हुंदा उनले प्रहरी भर्तीमा नियम मिचेको र मनलाग्दी नम्बर दिएको आरोप लाग्यो । पुनः छनौट गरियो । उनको नेतृत्वमा प्रकाशित नतिजा रद्द गरियो । सोसंगै खरेल विवादमापनि परे । उनले विवादलाई अनावश्यक र पूर्वाग्रहमा आधारित भनेका छन् ।
श्रीमतीलाई सुराकी राखेकै हुं एसएसपी रमेश खरेलले श्रीमतीलाई सुराकी राखेको स्पष्ट पारेका छन् । सुराकीले सुरक्षाको कारण देखांउदै आफ्नो नाम नराख्न आग्रह गरेको अवश्थामा आफुले श्रीमतीको नाम राखेर पारिवारिक जोखिम मोलेको उनको जवाफ छ । अपराधीलाई पक्राउ गर्न सहयोग गरेवापत सुराकीलाई निश्चित रकम दिइने गरिन्छ । खरेलमाथि नजायजरुपमा श्रीमतीलाई सुराकी राखको र पैसा लिएको आरोप लाग्ने गरेको छ । उनले नाजायजरुपमा राखेको भए छानबिन गरेर कारवाही गर्न सार्वजनिक चुनौति दिएका छन् ।
काठमाडौंमा बंगला बारे एसएसपी खरेललाई पारदर्शिताका कुरा गर्ने तर अपारदर्शीरुपमा काठमाडौंमा बंगला बनाएको आरोप छ । उनले सो बारेमा खुलेर जवाफ दिएका छन् । तीन बर्ष शान्ति मिसनमा बस्दा आएको रकमले बंगला बनाएको उनको जवाफ छ । अहिले बंगला बेचेको तर काठमाडौंमा जग्गा भने रहेको उनको भनाइ छ । यूएन शान्तिमिसनको पी फोर तहको फिल्ड कमाण्डरका रुपमा सुडान जान लागेका उनले फर्केपछि बंगला निर्माण गर्ने योजनापनि सुनाए ।
राजनीतिबारे खरेल रमेश खरेलको चर्चा धेरै हुने गर्दछ । उनले धेरैको मन जितेका छन् । राजनीतिमा आउन खरेलले पपुलिष्ट काम गरेको आरोपपनि लाग्ने गर्दछ । पत्रकार रविन्द्र मिश्र, खरेलसहितको टिमले पार्टी निर्माण गर्न लागेको गांइगुंईपनि सुनिन्छ । खरेलले अहिले नै राजनीतिको बारेमा नसोचेको र राजनीति आफ्नो लक्ष्यपनि नभएको स्पष्ट गरे । तर, परिश्थितिले माग गरेमा आफुले राजनीतिमा जान सक्ने बताए ।
शान्तिमिसनमा रमेश खरेल यसअघि खरेल ३ बर्ष शान्तिमिसनमा रही सकेका छन् । मंगलबार उनी एक बर्षका लागि सुडानको डाफर जांदैछन् । विश्वव्यापी छनौटमा परेको उनको भनाइ छ । पी फोर तहको कमाण्डरको रुपमा उनी सुडान जान लागेका हुंन । प्रत्येक ४२ दिनमा उनले घर बिदा पाउंछन् । १ बर्षका लागि सुडान जान लागेका भएपनि बिदाका बेला नेपाल आउंने उनको भनाइ छ ।