आशिषको पोलिग्राफ परीक्षण सम्पन्न

जेठ १८ । राष्ट्रिय फुटबल खेलाडि विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका आरोपी उनका प्रेमी आशिष चौधरीको पोलिग्राफ सुनवलमा सकिएको छ ।
[caption id="attachment_2461" align="alignleft" width="245"]
File Photo/ Manisha[/caption]
चौधरीले दिएको बयान झुटो हो कि होइन भनेर पत्ता लगाउन ५ घण्टा लामो पोलिग्राफ परीक्षण लिएको हो । पोखराबाट आएका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वको टोलीले पाँच घण्टा लामो परीक्षण लिएको हो ।
शान्त र एकान्त ठाउँमा पोलिग्राफ परीक्षण गर्नु पर्ने भन्दै आरोपी चौधरीलाई सुनवल लगिएको थियो । सुनवलमा उनलाई विहान पाँच बजेदेखि लगातार पाँच घण्टा लामा पोलिग्राफ परीक्षण गरिएको थियो । उक्त परीक्षणको निष्र्कष भने सर्वजनिक गरिएको छैन ।
उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीलाई बुझाइएको मनिषाको पोष्टमार्टम रिपोर्टले हत्या हो कि आत्महत्या भनेर स्पष्ट उल्लेख गरेको छैन ।
Ashish Chaudhary
Bimal Gharit Magar
Crime
Manisha Ghartimagar
