दरबार हत्याकाण्ड छानबिन आयोगबारे माधव नेपाल र विवेककुमार शाह मध्ये को झुठ ? (भिडियो सहित)
सन्दर्भ दरबार हत्याकाण्ड
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रप्रति जनविश्वास थिएन । उनलाई तत्काल केही गर्नैपर्ने थियो । उनले दलहरुको सुझाव अनुसार दरबार हत्याकाण्ड उच्चस्तरीय छानबिन आयोग गठन गरे । तत्कालिन प्रधान्यायाधीश, सभामुख र विपक्षी दलका नेतालाई सदस्य राखियो । आयोग घोषणा भएको केही समयमै विपक्षी दलका नेता माधब नेपालले आयोगमा बस्न अस्विकार गरिदिए ।
[caption id="attachment_3475" align="aligncenter" width="750"] फोटो: गगन थापा, नेपाल आज[/caption]
धोका माधब नेपालले दिएको दरबारका तत्कालिन सैनिक सचिव विवेककुमार शाहको भनाइ छ । माधब नेपालले अन्तिम समयसम्मपनि मलाई नछुटाउनुहोला भनेको आफैंले सुनेको शाह बताउंछन् ।
[embed][/embed]विवेकको कुरालाई माधव नेपाल गलत र झुठो भनेर खण्डन गर्दछन् । उनी भन्छन्, ‘म उच्च स्ततिरय छानविन आयोगमा बस्छु भनेकै छैन । विवेक मिटिङमै थिएनन्, कसरी सुन्छन् ?’ विवेक कुमार शाहका अनुसार राजदरबारको घटनाको छानविन समिति बनाउने विषयमा छलफल गर्न मिलिट्री हस्पिटलको लाइब्रेरीमा एउटा बैठक बसेको थियो । सो बैठकमा माधव नेपालले म चाहीं छुंटुला नि भनेर राजासंग विन्ति विसाएको उनको भनाइ छ । नेपाल यो कुरालाई ठाडै अस्वीकार गर्दछन् ।
[embed][/embed]तत्कालिन सैनिक सचिव शाह भन्छन्, ‘म त्यहाँ थिए । मेरै कानले सुनेको हो माधव नेपाल उच्चस्तरीय छानविन आयोगमा बस्छु भनेको ।’ नेपाल भन्छन्, ‘हामी सबै त्यो बेलामा आर्यघाटमा थियौँ । आर्यघाटमा मलाई फोन आयो । मैले बस्दिन भने ।’ नेपालले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आयोगमा बसेमात्र आफु बस्ने जानकारी गराएको बताउंछन् । अन्यथा आफुले भरतमोहन अधिकारीलाई पठाउन चाहेको उनको भनाइ छ । गठन हुन नपाउंदै प्रतिपक्षी नेताको बहिष्कारले आयोगमाथि आंशका बढ्यो । त्यसमाथि तत्कालिन सभामुख तारानाथ रानाभाटले आयोगको प्रतिवेदन पढ्दा देखाएको फितलो शैलीले आयोग मजाकको विषय बन्यो । आयोगले प्रतिवेदन त बुझायो तर धेरैका लागि अस्विकार्य रह्यो । दरबारले माधब नेपाले धोका दिएको रुपमा उनको अस्विकृतिलाई बुझ्यो । तत्कालिन सात दलले सिफारिश गर्दासमेत माधब नेपाललाई प्रधानमन्त्री बनाउन तत्कालिन राजा ज्ञानेन्द्र सहमत भएनन् । एमालेका तत्कालिन महासचिव नेपाललाई अपमानबोध भयो । उनी राजा फाल्ने निचोठमा पुगे । प्रचण्ड र गिरिजाप्रसाद कोइरालालाई मिलाउन उनी सिलगुढीदेखि लखनऊसम्म लुकिछिपी हानिए । आफ्ना प्रतिनिधिलाई रोल्पा पठाए । माधव नेपाल सक्रिय नभएको भए सायदै गणतन्त्र त्यति सहज विषय हुनेथियो । सधैं प्रश्न र आक्षेप तत्कालिन राजा ज्ञानेन्द्रतर्फ सोझिए । ज्ञानेन्द्रले दरबार छोड्दा सत्यतथ्य छानबिन गर्न गणतान्त्रिक सरकारलाई आग्रह गरे । उनको आग्रहपनि सुनिएन । दरबार हत्याकाण्डको १५ बर्ष बितिसक्दापनि दरबार हत्याकाण्डको विश्वसनिय छानबिन हुन सकेको छैन । प्रस्तुतिः नेत्र पौडेल bibek kumar shah madhav kumar shah royal massacre issue