News

सशस्त्र प्रहरीमा सय कर्मचारीलाई बर्खास्त १२ प्रहरीको घटुवा,२७ जनाको बढुवा रोक्का

सशस्त्र प्रहरीमा  सय  कर्मचारीलाई बर्खास्त १२ प्रहरीको घटुवा,२७ जनाको बढुवा रोक्का

काठमाडाैँ , २८ बैशाख सशस्त्र प्रहरी बलले पछिल्लो चार महिनाको अवधिमा एक सय कर्मचारीलाई बर्खास्त गरेको छ। संगठनको अनुशासन विपरीत कार्य गरेको निति नियम बिपरीत पदीय दुरुपयोग गरेको अभियोगमा सय जनालाई सेवाबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी शैलेन्द्र खनालले जानकारी दिएका छन । त्यस्तै २ सय ६१ जनालाई विभागीय कारबाही गरिएको खनालले बताए। जसमा एसपीदेखि जवानसम्म रहेका छन्।

सिनियर पदका प्रहरी अधिकारी १२ जना र जुनियर १७ जनालाई विभागीय कारबाही गरिएको उनले बताए। दुई सय ३२ जना प्रहरी जवानले पनि पछिल्लो चार महिनाको अवधिमा नसियत पाएको उनले बताए। त्यस्तै १२ जना प्रहरीलाई घटुवा गरिएको छ भने २७ जनाको बढुवा रोक्का गरिएको छ। उनीहरुलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही गरिएको डिआईजी खनालले बताए। सशस्त्र प्रहरीको आफ्नै विशेष अदालत छ, उनले भने, सो अदालतले गरेको निर्णयअनुसार संगठन अघि बढ्छ।

सशस्त्र प्रहरीले कारबाहीमा परेका प्रहरी अधिकारीको नाम भने सार्वजनिक गरेको छैन। प्रवक्ता डिआईजी खनालले पछिल्लो समय नेपाल प्रहरीसँगको सम्बन्ध असाध्यै सुध्रिएको दाबी गरेका छन् र प्रहरीसंग अन्तरबिरोध समेत नरहेको दाबी गरेका छन । सशस्त्रलाई पक्राउ पुर्जी दिने सम्बन्धमा दुई संगठनबीच विवाद भएको थियो । अहिले आएर सम्बन्ध निकै राम्रो भएको छ, खनालले भने। सीमा क्षेत्रमा हुने अवैधानिक काम र जघन्य अपराधका मुद्दाका दोषीलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउने गरेको उनले बताए।

सशस्त्र प्रहरी बलले संगठनमा चरम गुटबन्दी नभएको दाबी गरेको छ। संगठनले मंगलबार बिहान मुख्यालय हलचोकमा गरेको पत्रकार सम्मेलननमा डिआईजी खनालले विगतमा गुटबन्दी भएपनि अहिले आएर निमिठ्यान्न भएको दाबी गरे । सशस्त्रमा चरम गुटबन्दी छ भनेर बजारमा हल्ला मात्र चलेको उनले बताए। सशस्त्र प्रहरी बलले संगठनका अधिकांश आईजीपी भ्रष्टाचारमा मुद्दामा दोषी देखिएपछि संगठनभित्र हुने गरेको भ्रष्टाचार शून्यमा झार्ने नीति अवलम्बन गरेको छ।

संगठनको नियमविपरीत चल्ने जो सुकैलाई पनि कारबाही गर्ने चेतावनी मातहतका युनिटहरुमा दिइसकेको डिआईजी खनालले बताए। सशस्त्र प्रहरी वलले आफ्नो कुनै घुमुवा प्रहरी नभएको बताएको छ। संगठनमा इन्टेलिजेन्स ब्युरो छ तर घुमुवा छैन,डिआईजी खनालले भने। विगतका दिनहरुमा सशस्त्र प्रहरीको घमुवा रहेको र उनीहरुले सीमा क्षेत्रमा रकम उठाएको भन्ने गुनासो जनमानसबाट आइरहे तापनि अहिले घुमुवा भने नराखिएको उनले बताए।

सशस्त्र प्रहरी बलले पछिल्लो राजनीतिक अवस्था पनि जटिल नै भएको विश्लेषण गरेको छ। जुनसुकै बेला मुलुकमा जे पनि हुन सक्ने अनुमान सशस्त्र प्रहरीले गरेको छ। मुलुकमा शान्त छ भनेर सशस्त्र प्रहरी सुतेर नबस्ने डिआईजी खनालले बताए। सशस्त्र प्रहरी सधै जागामा बसिरहेको छ,उनले भने। ुसशस्त्र प्रहरी भैपरिआउने चुनौतीको सामना गर्न तम्तयार छु, उनले भने, सुरक्षामा जहिल्यै पनि सतर्कता अपनाउँछौं।

nepalaaja

विशेष