News

एक्कासी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान बन्द

एक्कासी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान बन्द
काठमाडौं, २८ वैशाख मध्यान्हमा वर्षा भएसँगै काठमाडौं त्रिभुवन विमास्थल बन्द भएको छ । वर्षाका कारण भिजिबिलिटी कम भएपछि विमानस्थल बन्द भएको विमानस्थल स्रोतले बताएको छ । biman sthal अहिले आन्तरिक तथा बाह्य दुबै उडान बन्द भएका छन् । वर्षात भएपछि त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउन लागेका ठूला जहाजलाई होल्ड गरिएको छ । एकाएक उत्पन्न भएको स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएपछि काठमाडौंमा अचानक वर्षा भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार भरे बेलुकासम्म मध्य र सूदूरपश्चिमका जिल्लामा पनि अाशींक वर्षा हुनेछ ।

विशेष