News

पानामा पेपर्सः एनआरएनका पूर्वअध्यक्ष महतोसहित ७ नेपालीको नाम सार्वजनिक

पानामा पेपर्सः एनआरएनका पूर्वअध्यक्ष महतोसहित ७ नेपालीको नाम सार्वजनिक

काठमाडौँ २८ बैशाख आईसीआईजेले पानामा पेपर्समा परेका अफसोर कारोबार गर्ने ७ नेपालीको नाम सार्वजनिक गरेको छ ।नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे सार्वजनिक गरिएको विवरण अनुसार व्यक्ति र कम्पनीहरुको नाम उल्लेख छ ।

सार्वजनिक गरेको नामावली अनुसार पहिलो सूचीमा एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतो परेका छन् । उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन् । आइसीआइएजेले उनको ठेगाना नेपालको सिराहा देखाएको छ भने उनीसँग सम्बन्धित कम्पनी स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको देखाएको छ । सार्वजनिक तथ्यांक अनुसार स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ। उनी युएइमै ठेगाना भएको पन्कुर फाइनान्सेज लिमिटेडका समेत शेयर होल्डर हुन् ।

ब्राजिलको ठेगाना दिएकी नवाङ डोल्मा गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी शेयर होल्डर रहेकी छन् । उनी संलग्न दुवै कम्पनीको लिंक हङकङसित जोडिएको छ । त्यसैगरी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उमादेवी सिंहानियाको नाम सार्वजनिक भएको छ ।सार्वजनिक विवरण अनुसार चौधरी ग्रुपका चार जनाको नाम छ । चौधरी ग्रुपमा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा पानामा पेपर्समा सार्वजनिक भएका छन् । ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको यो कम्पनीको ठेगाना बेलायतमा छ ।चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन् । शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरीलाई पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरुका रुपमा सार्वजनिक गरिएको छ ।

पानामा पेपर्स

विशेष