News

क्रान्तिकारी माओवादीको विवाद लम्बियो बैठक अनौपचारिक छलफलमा परिणत

क्रान्तिकारी माओवादीको विवाद लम्बियो  बैठक अनौपचारिक छलफलमा परिणत
काठमाडौँ, २८ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापा पक्षले बोलाएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा रुपान्तरण भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य पक्षसँग थप छलफल गर्ने निष्कर्षसहित आज बोलाइएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा परिणत भएको थापा पक्षमा रहनुभएकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । karntikari mos अध्यक्ष वैद्यले जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएपछि त्यसबारे छलफल गर्न आजको बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष वैद्य एमाओवादीसँग एकता गर्न सहमत हो भने हामी जेठ १ गतेको केन्द्रीय समितिको बैठकसम्म कुर्छौं, अन्यथा हामी आफ्नै ढङ्गले अगाडि बढ्ने आजको अनौपचारिक बैठकको निष्कर्ष रह्यो ।”उहाँले अध्यक्ष वैद्यसँग आज र भोलि फेरि निर्णायक छलफल गर्ने सहमति बैठकमा भएको बताउनुभयो । अल्पमतमा परेपछि बैठक स्थगित  नेता गजुरेल अध्यक्ष वैद्य पक्षीय नेता सिपी गजुरेलले आज थापा पक्षले डाकेको बैठकमा न्यून केन्द्रीय सदस्यको उपस्थित भएपछि सो पक्षले बैठक स्थगित गरेको टिप्पणी गर्नुभयो । अध्यक्ष वैद्यले एमाओवादीसँग एकताका लागि ११ बुँदा अघि सारेको तर थापाले त्यसलाई अस्वीकार गर्दै एक पक्षीय रुपमा एकता प्रक्रिायामा जान खोजेको गजुरलेको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले कार्यदिशा पहिले मिल्नुपर्छ भन्यौँ, बादल ९थापा०जीले एकताको महाधिवशेन गरेर त्यसले कार्यदिशा टुङ्ग्याउँछ भन्नुहुन्छ, त्यसैमा हाम्रो कुरा मिलेको छैन ।” उहाँले पहिलो पार्टीको आन्तरिक एकता कायम गरेर मात्रै एमाओवादीसँग एकताका लागि वार्ता गर्नुपर्नेमा पार्टीलाई जानकारी नै नदिएर एकपक्षीय रुपमा एमाओवादीसँग थापा पक्षले वार्ता गर्दै हिँडेको जिकिर गर्नुभयो । गजुरेलले विचार, सिद्धान्तबिनाको एकताको पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै कार्यदिशामा सहमति भएमा मात्रै एकता हुने बताउनुभयो । पार्टी फुटको सङ्घारमा पुगेको माओवादीमा दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएका छन् । रासस

Maoist नेकपा क्रान्तिकारी माओवादी प्रचण्ड बादल माओबादी विभाजन मोहन वैद्य

विशेष