News

कमाउन कतार गएको एक्लो छोराको दुबै गोडा काट्न पर्ने भएपछि......मुटु चुडाउने रुचीदेबीको कथा

कमाउन कतार गएको एक्लो छोराको दुबै गोडा काट्न पर्ने भएपछि......मुटु चुडाउने रुचीदेबीको  कथा
कृष्ण धराबासीको कथामा झोलाभित्रको पाण्डुलिपिले सतिप्रथाको कहालीलाग्दो इतिहास कहन्छ । झोला कथा पढेपछि नरुने सायदै कोही होला । त्यस्तै झोला छः रुचीदेवी मोचीको । उनको झोला अस्पतालको कागजपत्रले भरिएको छ । [caption id="attachment_499" align="alignnone" width="686"]Sanjaya 4 बिरामी हुनु भन्दा अगाडि संजय[/caption] उनी सिराहको चन्द्रउदय गाविस गोलबजारबाट नाइटबसमा काठमाडौं आइपुगेकी थिइन । राति पानी प¥यो । बस चुंहिने रहेछ । कागजपत्र भिजे । बैदेशिक रोजगार प्रर्बद्धन बोर्डको अगाडि उनले आफ्ना कागजपत्र विस्कुनझैं सुकाइरहेकी थिइन् । एकोहोरो टोलाइरहेकी उनी घरघरी ‘मेरा बेटा संजय’ भन्दै सुक्कसुक्क गर्थीन ।   रुचीदेबीको सानो परिवार छ । बुढाबुढी, छोरो र छोरी ।जेठो सन्तान संजयले २० काट्दा नकाट्दै परिवारको जिम्मेवारी कांधमा लिने छांट देखाइसकेका थिए । बुढेसकालको सहारा संजयको व्यवहारिकपन देखेर रुचीदेबी फुरुङ्ग थिइन् । घरमा आर्थिक समस्या थियो । संजयले वैदेशिक रोजगारमा जाने र पैसा कमाउने जुक्ति निकाले । ऋण काढ्न निस्किए रुचीदेबी दम्पत्ति । संजय कतार हानिए । कतार पुगेका संजयले काम पाएको खबर पठाए । कहिलेकाहीं फोनफान भइरहन्थ्यो । छोरोसंगको कुराकानीको आधारमा रुचीदेबीले ऋण तिर्ने र पैसा बचत गर्ने समयतालिका तयार गरिसकेकी थिइन् । रुचीदेबीको तालिकामा हिड्न समय मन्जुर भएन । ऋण तिरेर सक्ने भनिएको समय नसकिदै ऋणैऋणको बोझ उनको थाप्लामा आइलाग्ने गरी घटनाक्रम विकसित भयो । सांझ आठ बजे संजयले बुबाआमासंग सन्चोबिसन्चो सोधपुछ गरेका थिए । आफ्नो हालखबर सुनाए । फोन गरेको १० मिनेट बित्न नपाउंदै उनी अचानक विरामी परेछन् । संजयका साथी र कम्पनीका मानिसहरुले संजयलाई कतार स्थित हमाद जनरल हस्पिटल पु¥याएछन् । [caption id="attachment_500" align="alignnone" width="359"]Sanjaya 2 बिरामी अबस्थामा संजय[/caption] संजयको हात गोडाको छाला निस्किने र छाला डढे जस्तै कालो हुने क्रम वढ्दै गयो । उनका हातगोडाले काम गर्न छाड्यो । उनी जिउँदो लास जस्तै भए । कतारका डाक्टरहरुले चेकजाँच गर्दा कुनै रोग पत्ता लगाउन सकेनन् । रोग झनै बल्झिदै गयो । करिव अढाइ महिनाको उपचार र परिक्षणबाट डाक्टरहरुले संजयका हातगोडा काट्नु पर्ने निष्कर्ष निकाले । सध्य छोरालाई विदाइ गरेकी रुचीदेवीलाई यो असह्य थियो । छाँगाबाट खसे जस्तै भएकी रुचीदेबीले कुनैपनि हालतमा हातखुट्टा काट्न नदिने अड्डी लिइन् । आमाको मन । जत्तिनै खर्च लागेपनि संजयलाई नेपाल ल्याउने र उपचार गर्ने अठोट गरिन् । संजयलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सोझै थापाथलिस्थित नर्भिक अस्पताल पु¥याइयो । उनको फोक्सोमा समस्या भएको हुनसक्ने भन्दै फोक्सोको शल्यक्रिया गरियो । तर, समस्या पत्ता लागेन । १७ दिनसम्म संजयको शरीर फगत प्रयोगशाला बन्यो । अस्पतालले रोगपनि पत्ता लगाउन नसक्ने, निको पार्नपनि नसक्ने भएपछि रुचीदेबीले संजयलाई सिरहा लिएर गइन । छोरा विदेश जादाको ऋण छंदै थियो, कतार र नेपालमा उपचार गर्दाको ऋण थपियो । ऋणमाथि ऋण, सांवामाथि ब्याज थपिने क्रम जारी नै छ । संजय नेपाल आएको पनि महिना दिन भइसकेको छ । अहिलेसम्म उनी आफैं खाना खान सक्दैन् । दिशा पिसावका लागि अर्कैको सहारा चाहिन्छ । आंशुको आहलमा डुबेकी रुचीदेबीको मुहारमा केही उज्यालो देखियो, ‘म¥यो भनेको छोरो बल्लबल्ल बाँचेर आयो । स्याहार गर्न त पाइयो ।’ रुचीदेवीले सन्तोषको लामो सास तानिन् । चिकित्सकहरुले संजयको भारतमा उपचार हुन सक्ने सुझाएका छन् । उनी हरहालतमा संजयको उपचार गराइछाड्ने सोचमा छिन् । जीबनको सहारा छोरो दिनउमेरमै बिस्तारामा मुढो झैं लडेको कुन आमाको आंखाले देख्न सक्छ र ? [caption id="attachment_501" align="alignnone" width="391"]Sanjaya बिरामी संजयको शरीर[/caption] गाऊंमा कसैले उनलाई सुनायो, ‘बैदेशिक रोजगार प्रर्बद्धन बोर्डमा उपचारका लागि सहयोग र क्षतिपूर्ती पाइन्छ ।’ त्यहीं आशामा उनी काठमाडौं हानिएकी रहिछन् । पहिलो दिन संजयको फोटो र म्यानपावर कम्पनीसंगको सम्झौता नभएर काम रोकियो । दोस्रो दिन फाइल पेस भयो । उनको फाइलमाथि कहिले निर्णय हुन्छ एकीन छैन । अन्यौलमा परेकी रुचीदेबी भन्छिन्,‘ पांच लाख उपचारमै लाग्यो, यहां कति पाइन्छ कुन्नी ?’ त्यतिन्जेलमा उनका कागजपत्र केही ओभाइसकेका थिए । संजयको अस्पतालका रिपोर्ट र विदेश जांदाआउंदाका कागजपत्र मिलाएर झोलामा राखिन् । मृत्यु भएमा तीन लाख र चोटपटक लागेमा वा अंगभंग भएमा प्रकृति हेरी तीन लाखसम्म पाउने नियम छ । तर, नियमका पनि अनेक व्याख्या र उपनियम छन् । कर्मचारीको नियत झन् निर्णायक हुने गर्छ । नियतीले रुचीदेबीका रुची छिनेको छ । व्यक्तिगत रुची ओइलाएपनि रुचीदेबीसंग छोराको उपचार गर्ने अठोट छ । [caption id="attachment_498" align="alignnone" width="355"]Sanjaya 1 बिरामी संजयका खुटा[/caption] तपाई नेपाल आजमार्फत सहयोग गर्न सक्नुहुन्छ । तपाईले गरेको सहयोग तपाईको ईच्छा भएमा समाचार बन्नेछ ।
नेपाल आजको नम्बरः 014482951 इमेलः [email protected]

विशेष