News

डढेलो नियन्त्रण गर्न वन कार्यालयहरूलार्इ वन बिभागको निर्देशन

डढेलो नियन्त्रण गर्न वन कार्यालयहरूलार्इ वन बिभागको निर्देशन
काठमाडौँ, २९ वैशाख । वन विभागले आगलागीबाट वन जोगाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ ।पछिल्लो समय गर्मीसँगै वन क्षेत्रमा आगलागीका घटना बढेर मानव, वन्यजन्तु, गाईवस्तुलगायतको क्षति भएपछि विभागले प्रत्येक जिल्ला वन कार्यालयलाई डढेलो नियन्त्रण गर्न पत्राचार गरेको हो । [caption id="attachment_515" align="alignnone" width="300"]nepalaaja nepalaaja[/caption] गत वर्ष दुईलाख ५० हजार हेक्टरमा आगलागी भएको थियो । यसवर्ष तीन लाख ५० हजार हेक्टरभन्दा बढी आगलागी भएको विभागले जनाएको छ ।आगलागीको क्रम बढेपछि विभागले सम्बन्धित जिल्ला वन कार्यालयलाई आगलागी नियन्त्रणका लागि पत्राचार गरिएको विभागका प्रचारप्रसार संयोजक फणिन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलको सहयोगमा डढेलो नियन्त्रण कार्य प्रभावकारी बनाउन पत्राचार गरेका छौँ ।” विभागले वन कार्यालय मातहतका कर्मचारीलाई गर्मी समयमा बिदा नबस्न समेत आग्रह गरेको छ । आगलागी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र डढेलोको प्राविधिक पक्षको सन्दर्भमा स्थानीय सञ्चार माध्यामबाट सूचीत गराउन निर्देशन दिएको छ । यसवर्ष नेपालको पूर्वी क्षेत्रको तुलनामा पश्चिम तराईमा धेरै आगलागी भएको छ । कैलाली, कञ्चपुर, दाङ, नवलपरासी, सल्यान, सुर्खेत, बाँकेलगायतका जिल्लाको चुरे क्षेत्रमा बढी आगलागी भएको विभागको तथ्याङ्कमा उल्लेख छ । रासस

विशेष