News

प्रचण्ड भन्ने मान्छे यति विश्वासघाती होला भन्ने कल्पनासमेत गरेका थिइनँ । अब यो मान्छेसँग कुरा गर्दा १० पटक सोच्नुपर्ने भाे - देउवा

प्रचण्ड भन्ने मान्छे यति विश्वासघाती होला भन्ने कल्पनासमेत गरेका थिइनँ । अब यो मान्छेसँग कुरा गर्दा १० पटक सोच्नुपर्ने भाे - देउवा
काठमाडौँ, २९ वैशाख ‘नाकको उपचार गर्न मेरो अझै दुई चार दिन दिल्ली बस्ने कार्यक्रम थियो । तर, यताबाट सरकार ढाल्नपुप¥यो, छिटो आइज भनेर ताकेता लगाएको लगायै गरे । म आएँ । आएर यो मान्छेको ताल देख्दा छक्क परेको छु ।’ deuwa गत साताको सरकार ढाल्ने र बचाउने प्रचण्ड खेलोबारे आफ्ना निकटस्थसँग शेरबहादुर देउवाले भन्दै गए, ‘मैले सरकार ढालौ भनेको पनि होइन । ऊ आफैँ आयो । त्यतिले नपुगेर कुरा गर्नलाई अनेक मान्छे पठायो ।’ प्रचण्डले देउवालाई भनेका रहेछन्, ‘अहिले मलाई चलाउन दिनुस् । नौ महिना रहन्छु । त्यसपछिको बाँकी नौ महिना तपाईँले चलाएर चुनाव गराउनुस् ।’ कांग्रेस केन्द्रीय कार्यसमितिका विश्वासिलामाझ गल्ती स्वीकार्दै देउवाले भने, ‘मान्छे यति विश्वासघाती हुन्छन् भन्ने कल्पना पनि गरेको थिइनँ । अब यो मान्छेसँग फेरि फेरि कुरा गर्दा १० चोटि सोच्नुपर्छ ।’ उनले भारतको चाहना पनि सुनाए, ‘पहिले ओलीको सरकार विदा गर्नुपर्छ भन्ने थप लाइन आयो । मैले त म आफैँ बन्ने गरी सोचेको थिएँ । दिल्ली जानुअघि पनि प्रचण्डसँग पटक पटक कुरा भएको हो ।’ कांग्रेससँग नयाँ सत्ता सहकार्यका लागि एमाओवादीले सात बुँदे सम्झौत ागर्ने गरी मस्यौदा नै तयार परेको खुलासा पनि देउवाले गरेका छन् । उनले भने, ‘तर, त्यस्तो हुन पाएन । उनीहरु एमालेसँगै मिल्न गए । अहिलेको गठबन्धन पनि लामो समय टिक्दैन । एमालेसँग उनीहरुले गरेको नौ बुँदे सम्झौता कार्यान्यन हुन गाह्रो छ ।’ आफ्ना साथीहरुसँग अगाडि रन्किएर देउवा कड्किए, ‘सब खेल खेल्ने ऊ, बदनाम हुने म रु’ हुने कुरा भइसकेपछि पनि प्रचण्डले देउवासँग कुरा गरेका रहेछन् । प्रचण्डले भनेको कुरा देउवाले सुनाए, ‘भएजतिका मन्त्री मेरा विरोधी । पार्टी स्थायी कमिटीमा पनि बहुमत भएन । मेरो केही लागेन ।’ जनआस्थाबाट

विशेष