खेल News

खेल क्षेत्रले राष्ट्रिय एकता लाई उचाईमा पुर्याएको गृहमन्त्री वस्नेतको भनाई

खेल क्षेत्रले राष्ट्रिय एकता लाई उचाईमा पुर्याएको गृहमन्त्री वस्नेतको भनाई

वैशाख २९,काठमाण्डौ । नेपाली खेलकुदलाई उचाईमा पुर्याउन नेपाल प्रहरीको महत्वपुर्ण भुमिको रहेको गृहमन्त्री शक्तीवहादुर वस्नेतले वताएका छन् ।

लकुदले नेपालको ईज्जत,प्रतिष्ठा,मानलाई विश्वसामु चिनाउने काम संगै राष्ट्रिय एकता समेत मजवुत वनाउने कुरामा महत्वपुर्ण भूमिका खेलेको मन्त्री वस्नेतले वताए । वुधवार विहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिषर महाराजगन्जमा निर्माण भएको शिरीश हलको उद्घाटन गदै मन्त्री वस्नेतले यस्तो वताएका हुन् । खेल क्षेत्रको विकासका लागी संगठन मजवुद र अनुशासन हुनुपर्ने कुरामा जोड दिएका मन्त्री वस्नेतले विभिन्न ठाउँमा नेपाल प्रहरीले खेलकुद मार्फत गरेको योगदानको प्रशंसा समेत गरेका छन् । नेपाली यूवाले रोजागारीकै लागी विदेशी श्रमवजारमा भौतारीनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे । यस कार्यक्रममा १२ औ दक्षिण एसियाली खेलकुद सहभागी भएर पदक विजेता प्रहरी खेलाडीलाई नगद पुरस्कार समेत वितरण गरिएको छ ।

विशेष