News

नेपालमा २२ हजार कर्मचारीहरूले भारतको तलब खाइरहेका छन उनिहरूलाइ छाेए सरकारै ढल्छ - नारायणमान बिजुक्छें

नेपालमा २२ हजार कर्मचारीहरूले भारतको तलब खाइरहेका छन उनिहरूलाइ छाेए सरकारै ढल्छ - नारायणमान बिजुक्छें
काठमाडाैँ २९ बैशाख नेपाल र भारतको तलब खाने कर्मचारीका संख्या २२ हजार रहेको भन्दै सरकारले कुनै बहानामा त्यस्ता कर्मचारीलाई छोएमा सरकार परिवर्तनको खेल सुरु हुने बताए । NArayanman नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाल र भारतको तलब खाएर भारतले राखेका कर्मचारीले सरकार ढाल्ने खेल खेल्ने गरेको बताए । उनले संकटको बेला पनि जिम्मेबार भएर काम नगरेको भन्दै नेपाल आयल निगमका महानिर्देशक, लगानी बोर्ड लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पहिचान गरेर कारवाही हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै बिजुक्छेले स्थानिय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहेसम्म निर्वाचन सम्भव नभएको बताए । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै बिजुक्छेले स्थानिय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशवादी दलहरुलाई भारतले उपयोग गरेको बताउदै भारतले नचाहेसम्म स्थानिय निर्वाचन नहुँने दाबी गरे । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपाल सरकारको निर्णयभन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलेको भन्दै सरकारले उनलाई फिर्ता बोलाएर सहि काम गरेको उनले बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा शोकेशमा राखेको मिठाई जस्तै भएको भन्दै बिजुक्छेंले नीति तथा कार्यक्रममा लागू गर्न सके राम्रो नसके शोकेशकै मिठाई हुने बताए ।

विशेष