प्रवास News

ख्याल गर्नुहोस् म्यारिज व्यूरोले फसाउला

ख्याल गर्नुहोस् म्यारिज व्यूरोले फसाउला

काठमाडौं ।  व्यवसायीक र संस्थागतरुपमा लमीको भुमिका निर्वाह गर्न खोलिएका संस्था हुन् म्यारिज व्यूरो ।

तर यसरी खोलिएका म्यारिज व्यूरोले विवाह होइन, मानव बेचबिखन गर्ने गरेको पाइएको छ । ग्रामिण भेगका युवतीलाई विकसित देश जान पाइने आश्वासन दिएर सो देशको पुरुषसंग विवाह गराएर पठाउने गर्दछन् । अर्कोतर्फ उमेर छिप्पिएका तर यौन आंकाक्षा मरिनसकेका विदेशीलाई नेपालका युवती देखाएर लोभ्याइन्छ । यसरी लोभ देखाएर म्यारिज व्यूरोले केटा र केटी पक्षबाट लाखौं असुल्ने गरेका हुन् ।

यो तथ्य दक्षिण कोरियामा एक नेपाली युवती पक्राउ परेपछि झनै प्रष्ट भएको छ । दुई बर्ष अघि विवाह गरेर कोरिया पुगेकी उनी केही समयमै श्रीमान्बाट अलग भएकी थिइन् । २२ बर्षिय ति युवती ४६ बर्षका कोरियालीसंग विहे गरेर सोल पुगेकी थिइन् । विवाहका लागि मात्र उनले म्यारिज व्यूरोलाई उनले २३ लाख तिरेकी रहिछन् । युवती पक्राउ परेसंगै सोल प्रहरीले विवाह गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिले सोलको म्यारिज व्यूरोलाई ति युवतीसंग विवाह गर्नका लागि ३ करोड बन अर्थात तीस लाख रुपैया बुझाएका रहेछन् ।

युवतीले कोरिया जानकै लागि विवाह गरेको र आफुलाई धोका दिएको कोरियन पुरुषको आरोप छ । लाखौं तिरेर विवाह गर्ने र विदेशमा दुःख पाउने नेपाली महिलाको संख्या दिनप्रतिदिन बढ्दो छ । राष्ट्रिय मानवअधिकार आयोगले २ साता अघि निकालेको प्रतिवेदनमा विवाहका नाममा कोरिया पुगेका एक हजार महिला मध्ये सात सयको अवश्था दयनीय छ । कोरियामा विदेशी बुहारीको संख्या ह्वात्तै बढेको छ ।

कोरियाली संचारमाध्यमले जनाएअनुसार प्रेम र आपसी चिनजानबाट विवाह हुनेहरुको दाम्पत्य जीबन सुखद भएपनि म्यारिज व्यूरोबाट विवाह गर्नेहरुमध्ये अधिकांशको जीबन बर्बाद भएको छ ।

love Marriage Beauro nepali girls Nepali girls married with foreigners

विशेष