News

काट्टोमा समेत कञ्जुंसाइ गर्ने सरकार 

काट्टोमा समेत कञ्जुंसाइ गर्ने सरकार 
201013asp002 मलामी र श्राद्ध गर्ने बाहुनलाई खुशी नराख्ने हो भने मृतकको आत्माले शान्ति नपाउने पुराणमा उल्लेख छ । त्यसैले मलामीको ऋण तिर्न प्रसादस्वरुप विभिन्न पुण्यतिथि प्रसाद खुवाइन्छ । काट्टो खान करै गरेर डाकिन्छ । श्राद्धमा बस्ने पण्डितलाई खुशी पार्न लत्ताकपडा, उपहार र नगद मनग्यमात्रामा दिइन्छ । यसो गर्दा मृतकको स्वर्गबास हुने अपेक्षा गरिन्छ । यो आश्था सही हो भने नेपालका दुई ऐतिहासिक व्यक्तित्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको आत्माले शान्ति पाउन सकेको छैन । कारण हो सरकारको शैली । सरकारले भट्टराई र कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको थियो । घाट खर्चदेखि मलामी व्यवश्थापनसम्मको खर्च राज्यले बेर्होने गरी यि दुई नेताको दाहसंस्कार गरिएको थियो । पूर्वप्रधानमन्त्री यि दुई नेताको अन्तेष्टिमा मात्रै लाखौ खर्च भएको थियो । भट्टराईको सात बर्ष अघि र कोइरालाको ६ बर्षअघि निधन भएको थियो । तर, खर्चको निकासा अहिले सम्म भएको छैन । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्तेष्टिमा भएको खर्च निकासा गर्ने सन्र्दभमा मात्रै पूर्वप्रधानमन्त्री द्वयको घाट खर्चसमेत उदारो रहेको प्रसंग उठेको थियो । अहिले सरकारले तीनै जनाको अन्तेष्टि खर्च एकमुष्ठ तिर्ने गरी फाइल अगाडि बढाएको छ ।

Death Girija Prasad Koirila Government Krishna Prasad Bhattarai nepal

विशेष