News स्वास्थ्य

ट्याङकरको पानी पिउनुहुन्छ भने होस् गर्नुहोस् ! यस्तो छ तथ्याङ्क

ट्याङकरको पानी पिउनुहुन्छ भने होस् गर्नुहोस् ! यस्तो छ तथ्याङ्क

काठमाडाै‌ ।  उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश टयांकर व्यवसायीले जनस्वाश्थ्यमा प्रत्यक्ष हानि गर्ने एमोनियायुक्त पानी वितरण गर्ने गरेका छन् । शरीरलाई हानी गर्ने एमोनियायुक्त पानीलाई पिउने पानीकारुपमा वितरण गरिएको तथ्य फेला परेको हो ।

अनुगमन नहुंदा बर्षौदेखि व्यवसायीले मनपरि गरिरहेका छन् भने उपभोक्ताको स्वाश्थ्यमा पानीकै कारण विभिन्न समस्या देखिएको छ । ट्यांकरले पानी उठाउने स्रोतमै एमोनिया र आइरनको मात्र बढी भेटिएको छ ।

ट्याङकर व्यवसायी संघ आफैंले गरेको अध्ययनमा अधिकांश ट्याङकर व्यवसायीको पानीको स्रोत नै दुषित रहेको पाइएको हो । खानेपानी गुणस्तर मापदण्डअनुसार प्रतिलिटर बढीमा १.५मिलिग्राम एमोनिया हुनुपर्नेमा ट्यांकरको पानीमा २० मिलिग्राम एमोनिया भेटिएको छ । अध्ययनमा संलग्न व्यवसायीकै स्रोत अस्वश्थ भेटिएपछि प्रतिवेदन गोप्य राखिएको ।

Kathmandu Tanker water supply

विशेष