News

कमजोर नेपालले पनि हेपेको भारतीय संसदमा चर्चा, सीमामा कांडेतार लगाउन माग

कमजोर नेपालले पनि हेपेको भारतीय संसदमा चर्चा, सीमामा कांडेतार लगाउन माग
Lok-Sabha-house4 भारतले नेपाललाई हेप्यो भन्ने बहश नेपालमा सधैं भइरहन्छ । तर, नेपालले भारतलाई हेप्यो भनेर भारतकै संसदमा कुरा उठ्न थालेको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले कमजोर नेपालले भारतलाई हेपेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । झारखण्डबाट लोकसभामा निर्वाचित दुबेले चीनको आडमा नेपालले भारतलाई हेपेको आरोप लगाए । नेपालसंगको कमजोर सिमाना भारतविरोधी शक्तिका लागि स्नायुकेन्द्रजस्तै बनेको भन्दै उनले नेपाल भारत सीमामा कांडेतार लगाउनुपर्ने माग गरे । भारत र नेपालमा खुला सीमाना छ । Nishikant-dubey दुबेले नेपालका बारेमा कडा टिप्पणी दिएपछि भारतीय कांग्रेस आइका सांसदहरुले आपत्ति जनाएका थिए । सत्तारुढ दलको सांसले जे पायो त्यहीं बोलेको र असल छिमेकीप्रति बैरभाव राखेको उनीहरुको जवाफ थियो । कांग्रेस सासंदहरुले नेपालप्रति माया दर्शाएपछि भाजपा सांसद दुबेले समस्या कांग्रेसका कारण बल्झिएको बताएका थिए । इन्दिरा गान्धी र राजिव गान्धीको कडा रवैयाका कारण नेपालमा भारतविरोधी मनोविज्ञान हावी भएको दुबेको प्रष्टिकरण थियो । ०४५ सालको नाकावन्दीका बारेमा कडा सुनिएका दुबेले ०७२ सालको नाकावन्दीका बारेमा केही बोलेनन् ।

विशेष