News

आज बैशाख ३० ! मौसम खराब छ, पोहोरजस्तै भुकम्प जाला त ?

आज बैशाख ३० ! मौसम खराब छ, पोहोरजस्तै भुकम्प जाला त ?

 ठीक एक बर्षअघि २९ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको शक्तिशाली पराकम्प गएको थियो । बैशाख १२, २०७२ पछिको सबैभन्दा शक्तिशालि पराकम्पले जनजीबन अस्तव्यस्त बनाएको थियो । दोलखामा सो पराकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको थियो । ऋाज विहानैदेखि काठमाडौं र आसपासका क्षेत्रमा झमझम बर्षा भइरहेको छ ।

आकाश बादलले ढाकिएको छ । सांझ परेजस्तो लाग्ने गरि मध्यबिहान अन्धकार छ । फेरी भुकम्प आउने होकी भन्ने मनोविज्ञान हावी छ । तपाईलाईपनि त्यस्तै लागेको हुनसक्छ । नआत्तिनुहोस् । मौसम र भुकम्पका बीचमा अहिलेसम्म सम्बन्ध प्रमाणित भएको छैन । मौसम यस्तो हुंदैमा भुकम्पको आंशका नगर्नुहोस् । खानी तथा भुगर्व विभागका उपमहानिर्देशक सोमनाथ सापकोटा मौसमअनुसार भुकम्पको अनुमान गर्न नसकिने बताउछन् ।

कालोनिलो दिन र बर्षाकै कारण भुकम्प जान्छ की भनेर डराउन नपर्ने उनको भनाइ छ । गर्मी मौसममा वातावरण चिसो छ । सडकको भिजिविलिटी कम छ । बरु दुर्घटनाको जोखिम बढी छ । सवारी साधन होश गरि चलाउनुहोस् । घर वा रेष्टुरेन्टमा हुनुहुन्छ भने तातो तातो पदार्थ लिएर रमाउनुहोस् । भुकम्प आउंछकी भनेर नआत्तिनुहोस् । भुकम्प मौसम यस्तो भयो भन्दैमा आउने होइन ।

kathmandu rainfall season

विशेष