नर्सहरुको माग : सुरक्षित कार्यस्थल

![cGt/f{li6«o gl;{ª lbj; -d] !@_sf] cj;/df ljlxaf/ /fhwfgLdf cfof]hgf ul/Psf] k|eftkm]l/ Pjd a[xb ¥ofnL df ;xefuLx? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;](/images/2016/05/Rss_Images_1463029104924_NN_ktm_160512_IMG_1464.jpg)
काठमाडौँ, ३० वैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा आज राजधानीमा बृहद् रयाली एवम् प्रभातफेरिको आयोजना गरियो ।
सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको रयाली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुदै डिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ ।
‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हुदै आएका छन् ।![cGt/f{li6«o gl;{ª lbj; -d] !@_sf] cj;/df ljlxaf/ /fhwfgLdf cfof]hgf ul/Psf] k|eftkm]l/ Pjd a[xb ¥ofnL df ;xefuLx? . tl:a/ M gf/fo0f Gof}kfg], /f;;](/images/2016/05/Rss_Images_1463029201358_NN_ktm_160512_IMG_1445.jpg)
नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको सङ्ख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रुपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ ।