विदेश

किस्तानी पूर्व प्रमका छोरा अफगानिस्तानमा अपहरणमुक्त, आजै पाकिस्तान फर्किने

किस्तानी पूर्व प्रमका छोरा अफगानिस्तानमा अपहरणमुक्त, आजै पाकिस्तान फर्किने

[caption id="attachment_672" align="aligncenter" width="630"]Part-DEL-Del6216080-1-1-0 अलि हैदर गिलानी[/caption]

काबुल, २९ वैशाख । पाकिस्तानी पूर्व प्रधानमन्त्री युशुफ राजा गिलानीका छोरालाई अपहरणबाट मुक्त गरिएको छ । उनका छोरा सो मुक्तिपछि आफ्नो परिवारसँगको मिलनको पर्खाइमा रहेको बताइएको छ । उनलाई अमेरिकी र अफगानिस्तानका सुरक्षाकर्मीहरुले मङ्गलबार अपहरण मुक्त गराएका थिए । गएको तीन वर्षदेखि बन्दक बनाइराखिएको उनलाई मङ्गलबार विशेष खोजी गरी मुक्त गरिएको थियो । पूर्व प्रधानमन्त्री गिलानीका छोरा अलि हैदर गिलानीलाई अफगान राजधानी काबुलमा रहेका पाकिस्तानी अधिकारीसमक्ष बुझाइ सकिएको छ । विशेष खोजीका क्रममा उनलाई पूर्वी पाकिस्तानी क्षेत्रबाट अपहरणमुक्त गराइएको थियो । आफ्नो परिवारसँगको मिलनका लागि आपू निकै आतुर रहेको प्रतिक्रिया उनले दिएका छन् । उनलाई पाकिस्तानी अधिकारीको जिम्मा लगाउनका लागि आयोजना गरिएको कार्यक्रममा उनले भने– म अफगान सेनालाई विशेष धन्यवाद दिन चाहन्छु, उनीहरुले मेरो रिहाईका लागि निकै ठूलो मेहनेत गरेका छन् । बुधबार बिहान काबुलमा एक समारोहको आयोजना गरिएको थियो । सो समारोहपछि उनलाई पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पठाउनुभएको विशेष जहाजमार्फत आजै पाकिस्तान लगिने जानकारी गराइएको छ । गिलानीलाई पाक्टिका प्रान्तको गियान जिल्लाबाट अपहरणमक्त गरिएको हो । उनको खोजीका लागि अफगानिस्तानको सुरक्षा निकायले नै विशेष फौज खटाएको थियो ।

[caption id="attachment_673" align="aligncenter" width="317"]Part-PAR-Par3355111-1-2-0 युशुफ राजा गिलानी[/caption]

सन् २०१३ को मे महिनामा उनलाई पाकिस्तानी मध्यप्रान्त पञ्जावबाट अपहरण गरिएको थियो । सो अपहरणपछि उनको खोजीका लागि अफगान सरकारले नै विशेष पहल गरेको थियो । त्यसपछि उनले गतवर्षमात्र आफ्ना पितालाई फोन गर्न पाएका थिए । उनले फोनमार्फत आफू सकुसल रहेको जानकारी सो समयमा गराएका थिए । पाकिस्तानमा हुन लागेको आमनिर्वाचनको तीन दिनअघिमात्र उनलाई अपहरण गरिएको थियो । अपहरणको कारण त्यस समयमा निर्वाचनसँग जोडिएको थियो । हाल उनी २७ वर्षका छन् । रासस÷एएफपी

विशेष