सरकारले चिन र भारत संग भएका सम्झाैताहरूकाे कार्यन्वयन गर्न समिति गठन गर्याे
काठमाडौँ ३०,बैशाख
सरकारको बिहिबार बसेको मन्त्रीपरीषदको बैठकले प्रधानमन्त्रीको भारत र चिन भ्रमणका बेला भएका सम्झौता र समझदारीहरु कार्यन्वयन गर्न तथा अनुगमन गर्नको लाग परराष्ट सचिबको संयोजकत्वमा दुइ छुटाछुटै समिति गठन गरेको छ ।मन्त्रिपरिषद् बैठकले गठन गरेका दुवै समितिको संयोजक परराष्ट्रसचिव भए पनि सदस्यमा भने विभिन्न मन्त्रालयका सचिव रहने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न भारत र चीनको औपचारिक भ्रमणका सन्दर्भमा भएका सम्झौता, समझदारी तथा सहमतिका विषयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न दुई अलग समिति गठन भएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
भारतसँग भएका सहमतिका विषयको अनुगमन र कार्यान्वयनका लागि परराष्ट्र सचिव संयोजकत्वमा सदस्यहरुमा सहसचिवहरु भौतिक पूवार्धार तथा यातायात, अर्थ, वाणिज्य, ऊर्जा, सिँचाइ, गृह, कानुन, संस्कृति पर्यटन, शिक्षा, राष्ट्रिय पुनःनिमाण प्राधिकरण, प्रधानमन्त्री कार्यालय र दक्षिण एसिया महाशाखा परराष्ट्रका सहसचिव सदस्य सचिव रहनेछन् ।
त्यसैगरी, चीनसँग भएका सहमति अनुगमन र कार्यान्वयनका लागि परराष्ट्र सचिव संयोजकत्वमा सदस्यहरुमा सहसचिवहरु प्रधानमन्त्री कार्यालय, भौतिक पूवार्धार तथा यातायात, अर्थ, वाणिज्य, ऊर्जा, गृह, कानुन, संस्कृति पर्यटन, शिक्षा, आपूर्ति, उद्योग, सामान्य प्रशासन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिवहरु र सदस्य सचिवमा उत्तर पूर्व एसिया महाशाखा मन्त्रालय गरी १५ सदस्यीय समिति गठन गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा नीति–२०७३ लाई स्वीकृत गर्दै राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार तथा कार्यविधि सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
उक्त बैठकले राष्टीय सुरक्षा निति २०७३ पारीत गर्दै सुरक्षा परीषदको काम कर्तब्यल र अधिकार परीमार्जन गर्न बनेको बिधेक लाइ बिधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रबक्ता तथा संचार मन्त्री शेरधन राइले जानकारी दिनुभयो ।
र्बैठकले प्रधानमनत्रीको संयोजकत्वमा राष्टीय सुचना तथा प्रबिधी परीषद गठन गरेको छ भने बेरुज पछौयौट मुल्यान्कन समितिको सदस्य सचिबमा कृष्णनाथ खनाललाई नियुक्त गरेको छ ।