News

पार्टी फुट्नै लाग्दा बैद्यले मध्यरातमा लेखे मन रुने पत्र

पार्टी फुट्नै लाग्दा बैद्यले मध्यरातमा लेखे मन रुने पत्र
mohan-baidhya-ram-b-thapa-badal नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले बुधबार मध्यरातमा आफ्ना केन्द्रीय सदस्यहरुलाई गरेको इमेल अहिले चर्चामा छ । बुधबार सांझ महासचिव रामबहादुर थापाले बुझाएको एउटा डकुमेन्ट्ससहित बैद्यले आफ्ना केन्द्रीय सदस्यलाई विद्युतिय पत्राचार गरेका थिए । थापाले एकीकृत माओवादीसंग भएको साझा सहमति पार्टी अध्यक्ष बैद्यलाई बुझाएका थिए । बैद्यबिनै प्रचण्डसंग एकताका लागि थापाले सहमति गरेपछि बैद्य नेतृत्वको माओवादी विभाजनको औपचारिक पर्खाइमा रहेको छ । यसअघि बैद्य नेतृत्वको माओवादीबाट अलग भइ नेत्रविक्रम चन्दको नेतृत्वमा भिन्दै पार्टी बनिसकेको छ । पार्टी एकपछि अर्को विभाजनको शिकार भएपछि बैद्यको बेचैनी बढेको छ । सामान्यतया चांढै नै सुत्ने बैद्यको निन्द्र खल्बलिएको पत्राचारको समयले प्रष्ट पार्दछ । बैद्यले लेखेको पत्र यस्तो छ । 13162056_1179107495445509_1521560422_n  

विशेष