दिल्लीलाई छट्पटी गराउदै चीनिया रेल काठमाडौं तर्फ
दिल्लीलाई छट्पटी गराउंदै चीनबाट काठमाडौंका लागि हिड्यो रेल चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रश्थान गरेको रेलको अगाडि पट्टि चिनियां भाषामा रातो व्यांनर टांगिएको छ । जसको नेपाली रुपान्तरण हो : दक्षिण एसियाली अन्तराष्टिय रेल यातायात, लान्चेउ सिगात्से काठमाडौं ।
बुधबारकाठमाडौं लक्ष्क्षित गरि यो रेल हिडेपछि काठमाडौंमा खुशी छाएको छ भने दिल्लीमा आंशकामा बढेको छ । भारतमा यस सन्र्दभमा सनसनी समाचार बनाइएको छ । ब्यानरमा गन्तव्य काठमाडौं लेखिएपनि रेल काठमाडौंसम्म आइपुग्दैन । सिगात्सेमा रेलबाट सामान झारिन्छ । त्यसपछि कन्टेनरमा हालेर सामान काठमाडौं ल्याइने छ । तर, यो रेल सेवाले चिनियां रेल काठमाडौं आउन अब धेरै समय नलाग्ने संकेत गरेको छ । डेड महिना लगाएर ल्याउनुपर्ने सामान अब १० दिनभित्रै काठमाडौं भित्रिनेछ । यसले खर्च र समयको कटौति गर्नेछ । संगै, चीन र नेपालको व्यापारिक दूरीपनि कम गर्नेछ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणताका नेपालमा रेल मार्गको सम्भाव्यताका बारेमा चीनले अध्ययन गर्ने सहमति भएको थियो ।