यार्सा सिजनका लागी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली पुग्याे डोल्पामा
दुनै डोल्पा ३१ वैशाख
यार्सा मौसमको सुरुवातीसँगै डोल्पामा हुने गरेका चोरी, लुटपाट, हत्यालगायतका आपराधिक घटना न्यूनीकरणका लागि यस वर्ष पनि सशस्त्र प्रहरीको टोली डोल्पा पुगेको छ ।
यस वर्ष ६० जनाको टोली आज आइपुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गत वर्षको यार्सा मौसमको सुरक्षाका लागि ४६ जनाको टोली डोल्पा आइपुगेको थियो ।
टोली सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा त्रिपुरा गण कोहोलपुरबाट आइपुगेको कार्यालयले जनाएको छ । विशेषगरी यस टोलीले यार्सागुम्बा बिक्रीका लागि छिमेकी राष्ट्र चीन जाने यार्सागुम्बा व्यापारीलगायत सर्वसाधारणको सुरक्षा पनि गरिने बताइएको छ ।
डोल्पा अन्य जिल्लाभन्दा भौगोलिक रुपमा ठूलो जिल्ला भएकाले जिल्लाभित्रको सुरक्षा टोलीले सुरक्षा दिन नसक्ने भएकाले २०७० र ७१ सालमा लगत्तै दुई वर्ष भएको करोडौँको लुटपाटलाई मध्यनजर राख्दै यस वर्ष हुने आपराधिक घटनाक्रममा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताएका छन ।शो टोली ठाँगे, धो, काइगाउँ, माझफाल र सदरमुकाम दुनैमा क्याम्प खडा गरेर बस्ने बताइएको छ । रासस