News

सरकार प्रति असुन्तुष्ट राउटेहरु

सरकार प्रति  असुन्तुष्ट राउटेहरु
काठमाडाैँ , ३१ ,बैशाख  पुखौँ देखी फिरन्ते जिवन यापन गर्दै आएका राउटे समुदाय सरकार प्रति असुन्तुष्ट बनेका छन । सरकारले आफुहरुलाइ दिने भनेको थप रकम प्रदान नगरेको भन्दै असुन्तुष्ट बनेका हुन । raute असुन्तुष्ट राउटेका मुखीया मानबहादुर साहीले नेपाल आज संग भने पहिलाको एक हजारले बाँच्न मुश्कील भएको छ सरकारले दिने भनेको रकम पनि दिएको छैन । उनको गुनाँसो थियो आफैले दिन्छु भनेको रकम पनि नदिनु भनेको हदै सम्माको अपहेला भएको उनको गुनाँसो थियो सरकारले आफुहरुलाइ प्रत्यक ब्यक्तीलाइ मासीक तिनहजार दिने भनिए पनि दिएको छैन । raute11 बषौँ देखि जंगलमा जीवन विताउदै आएका राउटेहरु पश्चिम नेपालको केही जिल्लाहरुमा फिरन्ते जिबन यापन गर्दै आएका छन । सरकारले राउटेहरुलाई प्रतिव्यक्ति तीन हजारका दरले भत्ता दिने भनिएता पनि अझैसम्म नपाएको गुनासो उनीहरुको रहेको छ । केपी शर्मा ओलीसँग प्रत्यक्ष रुपमा भेटेर प्रति व्यक्ति पाँच हजार दरले दिनुपर्ने भनेर माग राखेपछि ओलीले पाच हजार सकिन्न तीन हजार गराइ दिन्छौ भनेर राउटेलाई आश्वासन दिएका थिए । तर उक्त रकम अझसम्म नपाएको र पहिले दिने गरेको एक हजारले जीवन धान्न धौ धौ भएको उनिहरुको गुनाँसो छ ।।

विशेष